सुर्खेत । संविधानको रक्षा र देशको समृद्धीको नेतृत्व वाम लोकतान्त्रिक गठबन्धनले गर्ने नेपाली काँग्रेसका उपसभापति पूर्ण बहादुर खड्काले बताउनुभएको छ ।
निर्वाचन केन्द्रीत कार्यक्रमका लागि सोमबार सुर्खेत आएका खड्काले सुर्खेत बिमान स्थलमा पत्रकारहरुसँगको कुराकानीमा अथक प्रयासपछि ल्याइएको नेपालको संविधान रक्षा र देशमा समृद्धि हासिल गर्न अहिले बनेको वाम लोकतान्त्रिक गठबन्धनले मात्रै नेतृत्व गर्ने बताउनुभएको हो ।
उहाले भन्नुभयो, “विगतमा दुइ÷दुइ पटक संसद विगठन गरेर संविधान र अहिलेको व्यवस्थालाई नै सिध्याउने प्रयासलाई प्ररास्त गर्न अहिलेको गठबन्धन बनेको हो, त्यस्तो प्रतिगमणको खतरा अहिले कायम छ । त्यसैले यो संविधान र व्यवस्थाको रक्षासँगै देशको समृद्धिका लागि गठबन्धनका साझा उमेद्वारहरुलाई जिताउन म आग्रह गर्दछु ।”
देशलाई सु–शासनयुक्त र भ्रष्ट्राचार मुक्त बनाउने संकल्प गठबन्धनको रहेको भन्दै आगामी निर्वाचनपछि बलियो, स्थिर सरकार बनाउन पनि हाम्रा साझा उमेद्वारहरुलाई जिताउनुहोस्, उहाले भन्नुभयो ।
सुर्खेत क्षेत्र नं १ का प्रतिनिधि सभाका उम्मेदवार समेत रहनुभएका उपसभापति खड्काले आगामी मंसिर ४ को प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा संविधानको रक्षाका लागि, जनताका अधिकारहरू स्थापित गर्का लागि मुलकुका हरेक खाले परिवर्तनकारी आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गरेका दलहरूले जिते मात्रै अहिलेको संविधान र व्यवस्थाको रक्षा हुने बताउनुभयो ।
खड्काले प्रदेश र केन्द्र सरकार वाम लोकतान्त्रिक गठबन्धनको बनेपछि मात्रै कर्णालीको प्रचुर सम्भावनाहरुलाई अवसरमा बदल्न सकिने बताउनुभयो ।
सुर्खेतमा आफुहरुले शुरु गरेका विकास निर्माण काम पुरा गर्न र कृषि रोजगार, शिक्षा स्वास्थ्यमा सबै नागरिकको पहुँच पुर्याउने काम आफ्नो ध्यान केन्द्रीत हुने उहको भनाई छ ।
कर्णालीबाट राष्ट्रिय राजनितिमा सधै मैले समन्वयकारी भुमीका निर्वाह गरेको छु, अब देशको भ्रष्ट्राचार अन्त्य र सु—शासन कायम गर्न समन्वयकारीसँगै हस्तेक्षेपकारी भुमीका मेरो रहन्छ, सुर्खेतसहित कर्णालीका हरेक समस्याको समाधानको लागि मेरो भुमीका रहदै आएको छ र रहेनछ ।”
खड्काले आफुलाई पदभन्दा पनि समृद्ध र सु—शासनयुक्त समाज निर्माण गर्ने अभियानमा लागेको बताउनुभयो । उहाले आफुले ७ बर्ष अगाडी नै मन्त्री नबन्ने घोषणा गरेको भन्दै त्यो भन्दा माथी जनतालाई राखेर अगाडी बढेको बताउनुभयो ।
फरक प्रसंगमा उहाले सुर्खेत विमानस्थल विस्तारका सन्दर्भमा केही प्राविधिक समस्या रहेको भन्दै प्रभावित क्षेत्रका नागरिकको समस्यालाई पनि बुझ्नुपर्ने बताउनुभयो । उहाले विमानस्थल विस्तारका लागि अन्य बैकल्पिक ठाउँहरुको पनि खोजी भएको बताउनुभयो । विमानस्थल विस्तारको विषयलाई लिएर राजनिति नगर्न म आग्रह गर्दछु, विकास सबैको साझा विषय हो ।
संविधानको रक्षा र देशको समृद्धीको नेतृत्व गठबन्धनले गर्छः उपसभापति खड्का
संविधानको रक्षा र देशको समृद्धीको नेतृत्व गठबन्धनले गर्छः उपसभापति खड्का
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
