सुर्खेत । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि मतदाता शिक्षालाई प्रभावकारी बनाउने तयारी गरिएको छ ।
निर्वाचन आयोगका अनुसार गत स्थानीय तह निर्वाचनमा मत बदर धेरै भएपछि त्यस्तो हुन नदिन मतदाता शिक्षालाई प्रभावकारी बनाउने तयारी गरिएको हो ।
निर्वाचन आयोगका विभिन्न जिल्ला स्थित कार्यालयहरुले मतदाता शिक्षा कार्यक्रमको प्रक्रिया शुरु गरिएको जानकारी दिएका छन ।
निर्वाचन आयोगले गएको स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षामा कमी हुँदा धेरै मतपत्र बदर भएको भन्दै यो पटक मतदाता शिक्षा समुदमयस्तर र घरदैलो कायक्रमलाई जोड दिने जनाएका हुन ।
निर्वाचन कार्यालय दैलेखका प्रमुख निर्वाचन अधिकृत मनमाया कौचाले प्रत्यक पालिकामा जिल्ला निर्वाचन कार्यालय मार्फत नमुना मतदान कार्यक्रम गर्ने तयारी गरिएको बताउनुभयो । उहाले भन्नुभयो, “निर्वाचनमा मत बदर हटाउन हामीले प्रत्येक पालिकामा गएर मतदातालाई भोट हाल्ने तरिका सिकाउँदै छौ, त्यसको लागि घदैलो अभियान नै चलाउँछौ ।”
प्रदेश निर्वाचन कार्यालय, सुर्खेत प्रदेश निर्वाचन अधिकारी दुर्गा प्रसाद चालिसले आयोगको निर्देशिका २०७९ अनुसार आगामी निर्वाचनमा मतदाता सहभागिता बढाउन, बदर मत घटाउन, निर्वाचनको महत्व बुझाउन र आफूले इच्छाएको उम्मेदवारलाई मत दिन सक्षम बनाउनका लागि मतदाता शिक्षा अभियानलाई व्यापक बनाइने जानकारी दिनुभयो ।
उहाँले स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम नहुदा धेरै मत बदर भएको भन्दै यो निर्वाचन मत बदर हुन नदिन र मतदाता शिक्षालाई मजबुत बनाइने बताउनुभयो । “हामी आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर मतदाता शिक्षालाई प्रभावकारी बनाउने तयारी गरेका छौँ,” उहाले भन्नुभयो । “यसको लागि हामीले सबै जिल्ला निर्वाचन कार्यालयहरु मर्फत प्रत्येक गाउँमा गएर भोटहरुलाई सचेतना दिने छौ ।”
यस्तै, प्रमुख रानीतिक दलहरुले पनि मतदाता शिक्षालाई जोड दिइएको जनाएका छन ।
मतदाताहरुलाई शिक्षाका विषयमा जानकारी दिनु राजनीतिक दलहरुको पनि कर्तव्य भएकाले मतदाता शिक्षा दिन तल्ला कमिटिहरुलाई सर्कुलर गरेको नेकपा ऐमालेका कर्णाली प्रदेश अध्यक्ष विनोद शाहले बताउनुभयो ।
यस्तै, गठबन्धनमा आबद्ध दलहरूले पनि मतदाता शिक्षाका लागि आफ्ना कार्यकर्तालाई परिचालन गर्ने जनाएका छन् । नेपाली काँग्रेसका प्रदेश सभापति ललितजंग शाहीले मतपत्रसहित कार्यकर्तालाई टोल– टोल र वडा–वडामा परिचालन गर्ने बताउनुभयो ।
घर दैलो गरेर मतदातालाई भोट हाल्ने तरिका सिकाइने
घर दैलो गरेर मतदातालाई भोट हाल्ने तरिका सिकाइने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
