सुर्खेत । सुर्खेत क्षेत्र नं. २ का प्रतिनिधिसभा तर्फका उम्मेदवार हृदयराम थानीले आगामी मंसिर ४ गते जनताले अमूल्य मतदान गरी निर्वाचित गराएलगत्तै जिल्ला तथा प्रदेशको विकासका लागि अहोरात्र खटिने प्रतिवद्धता जनाउनुभएको छ ।
नेपाली काँग्रेस वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ ले भैरवस्थानमा गरेको मतदाता भेटघाट कार्यक्रममा पूर्व मन्त्रीसमेत रहनुभएका नेता थानीले विकासमा निर्वाचित हुँदा गरेको विकासका आधारमा अवको निर्वाचनमा पनि मतदाताहरुले आफूलगायत गठवन्धनका उम्मेदवारहरुलाई निर्वाचित गराउने बताउनुभयो ।
उहाँले विगतमा साविक क्षेत्रीय अस्पतालको स्थापना, भेरीको पानी लिफ्टिङ गरी उपत्यका ल्याउने, झुप्रा खोला खानेपानी, धुलियाविट—बाँगेसिमल सडकलाई चारलेन बनाउने काम आफू निर्वाचित भएपछि भएको भन्दै यस्ता थप विकासका काम अहोरात्र खटिएर गरिने जनाउनुभयो ।
वीरेन्द्रनगरलाई उपमहानगरपालिका बनाउने, प्रदेश राजधानीलाई राजधानी लायक बनाउने, १३२ केभीए विद्युत प्रसारण लाइनजस्ता मेगा आयोजनाहरु आफूहरुको मुख्य एजेण्डा रहेको उहाँको भनाइ छ । त्यतिमात्र होइन कोहलपुर—सुर्खेत सडक दुई लेन बनाउन, भुरीगाउँ—तेलपानी सडक, गुटु—बेनीघाट सडकका लागि पनि बाम लोकतान्त्रिक गठवन्धनका उम्मेदवारहरुले गर्ने उहाँले जनाउनुभयो । विगतमा जे भएपनि अव भने कुनै सानो गल्ती नगर्न कार्यकर्ताहरुलाई उहाँले सुझाव दिनुभयो ।
कार्यक्रममा प्रदेशसभा सदस्य उम्मेदवार कालीप्रसाद शाक्य, प्रदेश समानुपातिक उम्मेदवार जानकी सिंह, र सन्जु सिंह विश्वकर्मा, संघीय समानुपाति उम्मेदवार लोकबहादुर विश्वकर्माले विकास, समृद्धि र सामाजिक रुपान्तरणका लागि बाम—लोकतान्त्रिक गठवन्धनका सवै उम्मेदवारहरुलाई बिजयी गराउन आग्रह गर्नुभयो । कार्यक्रम वडासभापति गोविन्दप्रसाद शर्माको सभापतित्वमा भएको थियो ।
विकासमा अहोरात्र खट्ने प्रतिवद्धता
विकासमा अहोरात्र खट्ने प्रतिवद्धता
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
