सुर्खेत । निर्वाचन आयुक्त डाक्टर जानकी कुमारी तुलाधरले निर्वाचन आचारसहिंता पालना गर्न सबैलाई आग्रह गर्नुभएको छ ।
आचारसहिंता उल्लघंन गर्ने उमेद्वारहरुको उमेद्वारी समेत खारेजी हुन सक्ने भन्दै आयोगले जारी गरेको आचारसहिंता पालना गर्न सबै राजनितिक दल र उमेद्वारहरुलाई आग्रह गर्नुभयो ।
दलहरुले कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म प्रचारप्रसार गर्न पाउनेगरी निर्वाचन आयोगले सुचना निकालिसकेको छ । यो बेलामा अझै आचारसहिंता उलंघन बढ्न सक्ने भन्दै त्यसमा आयोग सचेत रहेको बताउनुभयो ।
राष्ट्रिय समाचार समितिको सहकार्यमा निर्वाचन आयोगले मंगलबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गरेको मिडिया अभिमुखिकरण कार्यक्रममा बोल्दै आयुक्त डाक्टर तुलाधरले आगामी मंसिर ४ गते हुने निर्वाचनमा दुइवटा कुरामा आयोग केन्द्रीत रहेको बताउनुभयो ।
डाक्टर तुलाधारले भन्नुभयो, “पहिलो त निर्वाचनलाई निश्पक्ष बनाउन निर्वाचन आचारसहिंता पालना गराउनु हो, भने अर्को मतदाता शिक्षालाई जोड दिएका छौं ।”
सञ्चार माध्यमले गत स्थानीय तहको निर्वाचनमा निर्वाह गरेको भुमीकाको प्रशंसा गर्दै आयुक्त तुलाधरले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि त्यतीकै भुमीकाको अपेक्षा गरिएको बताउनुभयो ।
संचार माध्यम भनेको महत्वपूर्ण कडी हो । उहाले भन्नुभयो, “मतदाता शिक्षामा संचार माध्यमको भुमीका महत्वपूर्ण छ, निश्पक्ष निर्वाचन बनाउन आयोग र संचार माध्यमको सहकार्य पनि उत्तिकै आवश्यक छ ।”
आयोगले अहिले मतदाता शिक्षालाई जोड दिएको भन्दै आयुक्त तुलाधरले मतदाता शिक्षा र आचारसहिंता पालनामा सबै सरोकारवालाहरुको दायित्वभित्र पर्ने बताउनुभयो ।
मिथ्या सुचनालाई निस्तेज पार्न मिडियाहको साथ आयोगलाई चाहिएको उहाको भनाई छ ।
कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सरकारका निमित्त सचिव आनन्द सारुले राज्य संचालन प्रणालीलाई सफा राख्ने भनेको निर्वाचन भएको भन्दै निर्वाचन निश्पक्ष बनाउन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।
उहाले भन्नुभयो, “राज्य प्रर्णालीलाई सफा राख्ने भनेको निर्वाचन हो, आवधिक निर्वाचनमा जनता सचेत हुनुपर्छ । जनता सचेत हुनको लागि मिडियाको भुमीका धेरै हुन्छ । जनता सचेत भएमात्र निर्वाचित व्यक्तीले राज्य प्रर्णाली राम्रो चलाउन सक्छन ।”
सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले आचार सहिंता जारी हुन वित्तिकै जिल्लामा राजनितिक दलहरुसहितको बैठक राखेर निर्वाचन आचारसहिंता पालना गर्न लिखित प्रतिवद्धता गराइएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत विष्णु प्रसाद अर्यालले आचारसंहिताका बारे सुसुचित गर्न सञ्चारमाध्यमहरुलाई आग्रह गर्नुभयो । मिडियाले समेत तथ्यलाई तलमाथी पारेको हुनसक्ने भन्दै सुचनाप्रवाह गर्दा तथ्यपरक हुनुपर्ने बताउनुभयो ।
मिडिया अभिमुखिकरण कार्यक्रममा निर्वाचनको बेलामा सुचना सम्प्रेषण गर्दा ध्यान दिनुपर्ने विषयमा निर्वाचन आयोगकका प्रवक्ता शालिग्राम शार्मा र राससका महाप्रवन्धक सिद्ध राइले अभिमुखिकरण गर्नुभएको थियो ।
कार्यक्रममा कर्णाली प्रदेशका करिब ४० जना पत्रकारहरुको सहभागीता रहेको थियो ।
निर्वाचनलाई निश्पक्ष बनाउन निर्वाचन आचारसहिंता सबैले पालना गरौँः आयुक्त डा. तुलाधर
निर्वाचनलाई निश्पक्ष बनाउन निर्वाचन आचारसहिंता सबैले पालना गरौँः आयुक्त डा. तुलाधर
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
