कालिकोट । वर्षा रोकिएपछि असोज २७ गतेदेखि ज्यानै जोखिममा राखेर आउजाउ हुन थाल्यो । पुलको बाँकी ३० मिटर भागसम्म सहजै र बाँकी जीर्ण पुलबाटै यात्रा गर्न थाले । कतिपयले फलामको लठ्ठामा झुन्डिएर यात्रा गरे । प्रहरीले यो पुल जीर्ण रहेको भन्दै यात्रा नगर्न सूचना टाँस्यो । तापनि यात्रुले क्षतिग्रस्त पुलबाटै यात्रा गर्न छाडेनन् । सर्वसाधारणले अटेर गर्दा थप जोखिम बढेको जनाइएको छ ।
‘हामीले पहिले यात्रा नगर्न भन्दै सूचना नै टाँस्यौ। तर, मानिसहरूले यात्रा गर्न छाडेनन’, अस्थायी प्रहरी पोस्ट हुल्मका इन्चार्ज असई तिलक डाँगीले भने, ‘अहिले केही मर्मत त गरिएको छ। पूर्ण रूपमा सुरक्षित छैन ।’
कालीकोटका रास्कोट, पचालझरना, पलाँता, सान्नीत्रिवेणी र नरहरिनाथ गरी पाँच पालिकाका साथै बाजुरा र हुम्लाबाट आउने यात्रु गाडी चढ्ने स्थान जिते बजारको छहरा थियो । त्यहाँ नपुगे गाडीमा सिट पाइँदैन। हुल्म बजार नआए खान र बस्नै पाइँदैन ।
कर्णाली नदीमा रहेको यो झोलुंगे पुल बाढीले भत्काएको असोज तेस्रो सातामै हो। तर, यसको मर्मत वा विकल्पमा न जनप्रतिनिधिले चासो दिए न अरू नेताले नै । बाढीबाट बचेको पुलको भागबाटै ज्यानको बाजी थापी आउजाउ हुन थालेपछि स्थानीयवासी मिलेर भ¥याङ लगाए । तर, जोखिम टरेको छैन । निर्वाचनमा अनेक प्रतिबद्धतासहित गाउँ–गाउँ पुग्ने नेताले यस्ता समस्या देखेकै छैनन् । नागरिक अगुवा भन्छन्, ‘सधैं निर्वाचनको समयमा लोकप्रिय नारा लगाउँछन् । तर, कहिल्यै कार्यान्वयन गर्दैनन् ।’
हुल्म र जितेका यातायात समितिमा आबद्ध व्यक्तिहरू पुल निरीक्षणमा गए। मर्मतको प्रयास गरे। तर, सकेनन् । त्यही बेला हुल्म बजारस्थित तिला कर्णाली स्टाफ होटलका सञ्चालक नरजंग मल्ल पुलको अवस्था कस्तो रहेछ भनेर हेर्न जिते बजार पुग्नुभयो । उहाले ५० हजारमा ठेक्का दिए मर्मत गरी झोलुंगे सञ्चालनमा ल्याइदिने भनेर यातायात व्यवसायीसमक्ष कुरा राख्नुभयो । समझदारी भईवरी पुल मर्मत गर्न थाले । भ¥याङ बनाएर पुल चढ्न मिल्ने बनाउनुभयो । ‘नदीले बगाएर ल्याएका मुढाबाट १८ फिट कडी चि¥यौं । फ्ल्याक चि¥यौं । एक हप्तासम्म लगातार नदी किनारमा काम ग¥यौं’, मल्लले भन्नुभयो, ‘अनि जीर्ण झोलुंगे पुलमा चढ्न सजिलोका लागि भ¥याङ बनायौं ।’ उहाले आफ्नो २ लाख जति खर्च भएको र त्यसमा यातायात व्यवसायीले ३० हजार रुपैयाँ दिएको बताउनुभयो ।
ठाउँ सर्न मान्दैनन् व्यापारी
जिते बजार २०६३ सालदेखि सञ्चालनमा छ । उक्त बजार उठाउन पटक–पटक प्रशासनले आग्रह ग¥यो । तर, त्यहाँका व्यापारीहरूले सबैको पायक पर्ने बजार भन्दै छाड्न मानेनन् । गत असोज १९ गते कर्णाली नदीमा आएको बाढीले पुल मात्र बगाएन । साँझमा देखिने जितेको सुन्दर बजार बिहान पूरै बगर बन्यो ।
२०६३ सालमा जब सुर्खेतबाट गाडी कालीकोट हुँदै जुम्ला पुगे। त्यतिबेला दैलेखको खिड्कीज्यूला बजारदेखि कालीकोटको जितेगडामा बजार सरेको थियो । जिते बजारमा एक दशकदेखि होटल व्यवसाय गर्दै आएका हरिकृष्ण बमले भने, ‘बर्सेनि कर्णाली नदीमा पानीको वहाव बढ्थ्यो, तर पुलसम्म छोएको थिएन । बजारमा पनि कुनै–कुनै वर्ष बढी वर्षा भएपछि बजार पछाडिका शौचालयहरू भत्काउँथ्यो । अहिले त बजारै बगायो ।’ अन्नपूर्ण पोष्टबाट…..
भ¥याङको सहारामा पुलमा चढ्नुपर्छ
भ¥याङको सहारामा पुलमा चढ्नुपर्छ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
