काठमाडौं । निर्वाचन आयोगले भोलिदेखि राजनीतिक दल र उम्मेदवारहरुले आमसभा गर्न पाउने जनाएको छ ।
आयोगले बुधबार पत्रकार सम्मेलन गर्दै भोलि कार्तिक १७ गतेदेखि मंसीर १ गतेसम्म राजनीतिक दल र उम्मेदवारहरुले प्रचारप्रसार गर्न पाउने जनाएको हो ।
आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रचारप्रसारको अर्को चरण भोलिदेखि सुरु हुने बताए । उनले भने, ‘आयोगले राजनीतिक दलका गतिविधिहरुको सुक्ष्म ढंगले निगरानी गरिरहेको छ। आमसभा, कोणसभाको खर्च आयोगमा पेश गर्नुपर्छ ।’
उनले सार्वजनिक पद धारण गरेकाहरुले अनुमति लिएर चुनावी प्रचारप्रसारमा जानसक्ने बताए । थपलियाले भने,‘तर, सरकारी स्रोत साधनको प्रयोग गर्न पाउनुहुँदैन । प्रयोग भए नभएको निगरानी गर्न आवश्यक कार्य अघि बढाइएको छ ।’
कोणसभा गर्दा लागेको सबै खर्च उम्मेदवारले बुझाउनुपर्छ: प्रमुख निर्वाचन आयुक्त
कोणसभा गर्दा लागेको सबै खर्च उम्मेदवारले बुझाउनुपर्छ: प्रमुख निर्वाचन आयुक्त
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
