सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतलाई सुरक्षित, आधुनिक र व्यवस्थीत सहर बनाउने नेकपा एमाले कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सुक्रबार चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै नेकपा एमालेबाट सुर्खेत क्षेत्र नम्बर २ प्रदेशसभा ‘क’ बाट उम्मेदवार बनेका नेता कँडेलले सुर्खेत विमानस्थलको स्तरउन्नती गरी प्रदेश राजधानी सुर्खेतबाट कर्णालीका हिमाली जिल्लाहरुमा उडानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।
यस्तै उहाले वीरेन्द्रनगरमा बिद्यमान समस्याको रुपमा रहेको खानेपानी र विद्युतको दिर्घकालीन समाधान गर्ने प्रतिबद्धतामा उल्लेख गर्नुभएको छ ।
१३२ केभी विद्युत प्रसारण लाईन विस्तार योजनालाई समयमै सम्पन्न गर्न पहल गर्ने र प्रस्तावित भेरी पम्पीङ आयोजनालाई समयमै सम्पन्न गर्न पहल गरी खानेपानी समस्यालाई समाधान गर्ने नेता कँडेलले बताउनुभयो ।
कोहलपुर–सुर्खेत सडकखण्डलाई फोरलेनको रुपमा स्तरउन्नती गर्ने र कर्णाली प्रदेश रंगशाला निमार्णको काम समयमै सम्पन्न गर्ने चुनावी प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ ।


