सुर्खेत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ पछि नेकपा एमालेको बहुमतको सरकार बन्ने दाबी गर्नुभएको छ ।
मंसिर ४ पछि सत्ताको चाबी आफ्नो पार्टीको हातमा हुने भन्दै उहाले नेपाली काँग्रेस प्रमुख प्रतिपक्ष दल बन्ने दाबी गर्नुभएको हो ।
आइतबार सुर्खेतमा आयोजित निर्वाचन सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस पटकको निर्वाचन सामान्य अवस्थाको जस्तो सरकार बनाउनका लागिमात्रै निर्वाचन नभएको बताउनुभयो ।
देशको सार्वभौम सत्ता जोगाउने बलियो राष्ट्रिय शक्ति बनाउन जरुरी रहेको भन्दै गठबन्धनले छुट्टाछुट्टै घोषणापत्र ल्याएर जनता अल्मल्याउने काम गरेको बताउनुभयो ।
उहाले सबै शक्ति मिलेर एमालेलाई सिध्याउने प्रायास गरेपनि त्यो सफल हुन सकेको भन्दै सुखि नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्षा बोकेको पार्टीलाई जनताको ठुलो साथ रहेको बताउनुभयो । उहाले केही पार्टीहरु मंसिर ४ पछि नै सिद्धिने दाबी गर्नुभयो ।
उहाले निर्वाचनमा गठबन्धनलाई सचेत नेपाली जनताले मुखभरीको नभएर मुखमै नअटाउने जवाफ दिनुपर्ने भन्दै ५ पटक प्रधानमन्त्री भएर देशका लागि एउटा काम के गर्नुभो भनेर प्रश्न गर्नुभयो ।
यसैबिच दैलेखको आमसभालाई सम्बोधन गर्दै ओलीले सत्तारुढ गठबन्धनलाई कठपुतलीको संज्ञा दिनुभएको छ । उहाले गठबन्धनको कुनै उद्देश्य र नीति नभएको बताउनुभयो ।
आजै नै कालिकोटमा भएका निर्वाचन सभालाई समेत ओलीले सम्बोधन गर्नुभएको थियो ।
आगामी मंसिर ४ पछि सत्ताको चावी हामीसँग हुन्छः अध्यक्ष ओली
आगामी मंसिर ४ पछि सत्ताको चावी हामीसँग हुन्छः अध्यक्ष ओली
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
