काठमाडौं । निर्वाचन आयोगमा बिरामी भएको नाटक गरेर चुनावमा हेलिकप्टर प्रयोग गरेको उजुरी परेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले हेलिकप्टर प्रयोगको विषयमा दुईवटा उजुरी परेको बताए ।
आइतबार निर्वाचन आयोगमा भएको निर्वाचन आचारसंहिता कार्यान्वयन सम्बन्धी एकीकृत कार्ययोजना, २०७९ माथि छलफल गर्दै उनले चुनावको प्रचार गर्न बिरामी भएको नाटक गरेर हेलिकप्टर प्रयोग गरेको उजुरी आएको बताए ।
यस्ता विषयमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखमाथि प्रश्न उठ्ने उनले बताए ।
प्रमुख आयुक्त थपलियाले आसन्न निर्वाचनमा हालसम्म भौतिक उपस्थिति सहितको आचारसंहिता उल्लंघन कम रहेपनि सामाजिक सञ्जालबाट भने धेरै उल्लंघन भएको बताए ।
बिरामीको नाटक गरेर निर्वाचन प्रचारमा हेलिकोप्टरको प्रयोग
बिरामीको नाटक गरेर निर्वाचन प्रचारमा हेलिकोप्टरको प्रयोग
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
