काठमाडौं । देशभरका ९ सय ५० सरकारी विद्यालयमा विद्यालय नर्स कार्यक्रम भएको छ । स्वास्थ्य सेवा विभागको नर्सिंङ तथा सामाजिक सुरक्षा महाशाखाका अनुसार यो कार्यक्रम सबैभन्दा धेरै बाग्मती प्रदेशका ४ सय ५८ विद्यालयमा लागु भएको छ । प्रदेश १ का १ सय ४५ विद्यालय, मधेश प्रदेशमा ८० विद्यालय, सुदूरपश्चिम प्रदेशका २७ विद्यालय र गण्डकी प्रदेशका ८ विद्यालयमा उक्त कार्यक्रम लागु भएको हो । महाशाखामार्फत २ सय ३२ विद्यालयमा नर्सको व्यवस्था गरिएको महाशाखाका प्रमुख प्राध्यापक गोमा देवी निरौलाले सीआईएनसँग बताउनुभयो । यो कार्यक्रम देशभर विस्तार गर्ने सरकारको लक्ष्य छ । बालबालिकालाई विद्यालय तहबाट नै स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने, विद्यालयमा आइपर्ने स्वास्थ्य समस्या समाधान गर्न र विद्यार्थीका माध्यमबाट अभिभावकलाई समेत स्वास्थ्य सन्देश फैलाउन २०७५ सालबाट नेपालमा विद्यालय नर्स कार्यक्रम सञ्चालनमा ल्याइएको हो । उक्त कार्यक्रमलाई सबैभन्दा पहिला बागमती प्रदेशले सुरु गरेको हो ।
९ सय ५० सरकारी विद्यालयमा नर्स कार्यक्रम
९ सय ५० सरकारी विद्यालयमा नर्स कार्यक्रम
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
