सुर्खेत । मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सुर्खेतका आठ वटा स्थानीय तहमा नमुना मतदान गरिएको छ ।
मतदाता शिक्षालाई प्रभावकारी बनाउनको लागि सुर्खेतमा नमुना मतदान गरिएको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ । ९ वटा स्थानीय तह रहेको सुर्खेतमा वराहाताल गाउँपालिका बाहेक सबै पालिकामा नमुना मतदान गरिएको हो ।
अहिलेसम्म सिम्ता गाउँपालिका, चिङ्गाड गाउँपालिका, चौकुने गाउँपालिका गुर्भाकोट नगरपालिका, भेरीगंगा नगरपालिका, पञ्चपुरी नगरपालिका, लेकवेसी नगरपालिका र वीरेन्द्रनगर नगरपालिकामा नमुना मदान गरिएको प्रदेश निर्वाचन कार्यालयका अधिकारी दुर्गा प्रसाद चालिसेले जानकारी दिनुभयो । उहाका अनुसार वराहाताल गाउँपालिकामा भने भोली नमुना मतदान गरिने छ ।
वीरेन्द्रनगरमा गरिएको नमुना मतदानमा ५२ जनाले मतदान गरेका थिए । जसमध्य ४ जनाको मत मात्रै बदर भएको थियो । जिल्लाभरको नमुना मतदानको अवस्थालाई हेर्ने हो भने ७ प्रतिशतसम्म मत बदर भएको देखिएको चालिसेले जानकारी दिनुभयो ।
विगतको तुलनामा मत बदर संख्या घट्ने भन्दै मतदाता शिक्षालाई प्रभावकारी बनाइएको उहाले बताउनुभयो ।
यसैबि, मतदान स्थलको सुरक्षाका लागि पनि नमुना मतदान केन्द्र अभ्यास गरिएको थियो ।
सुर्खेतका ८ पालिकामा नमुना मतदान, करिब ८ प्रतिशत मत बदर
सुर्खेतका ८ पालिकामा नमुना मतदान, करिब ८ प्रतिशत मत बदर

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु