सुर्खेत । सुर्खेत चिङ्गाड गाउँपालिकाका नरेन्द्र राना शाररिक अपाङ्गता भएको व्यक्ती हुनुहुन्छ । उहा ह्वीलचियरको सहारमा हिडडुल गर्ने गर्नुहुन्छ । रानाले धेरै पटक निर्वाचनमा मतदान गरिसक्नुभएको छ । तर भोट दिन जाँदा उहाले सपाङ्ग व्यक्ती जसरी नै ह्वीलचियरमा लाइन लाग्नुपर्छ । मतदान स्थल कहिले पनि अपाङ्गमैत्री नभएको उहा सुनाउनुहुन्छ । हामी अपाङ्गता भएका व्यक्ती अन्य व्यक्तीजस्तै मतदान स्थलमा लाइन लाग्न त सक्दिैनौँ । उहाले भन्नुभयो, “मतदान स्थलमा हाम्रो लागि छुट्टै बस्ने व्यवस्था पनि हुँदैन, जसले गर्दा मजस्ता अपाङ्गता भएका व्यक्तीहरु समस्यामा पर्ने गर्छन ।”
उहाले यो पटक पनि मतदान केन्द्रहरु अपाङ्गमैत्री नहुने आफुले सुनेको भन्दै यसले अपाङ्गता भएका व्यक्तीहरुलाई समस्या हुने बताउनुहुन्छ । मतदान केन्द्रलाई अपाङ्गमैत्री बनाउन कसैले ध्यान नदिएका कारण अधिकांश मतदाताले मताधिकार प्रयोगबाट वञ्चित हुनुपरेको छ । उहा भन्नुहुन्छ, “कर्णाली आफैमा भौगोलिक रुपमा अफ्ठेरो ठाउँ छ, त्यसमा पनि हामीजस्ता अपाङ्गता भएका व्यक्तीहरुलाई त झनै समस्या छ, यसकै कारण धेरै जसो अपाङ्गता भएका व्यक्तीहरु मतदानबाट समेत वञ्चित भएका छन ।”
यो पटकको निर्वाचनमा अपाङ्गता भएका व्यक्तीहरुको लागि राज्यले सहज वातावरण बनाइदिनुपर्ने रानाको माग छ ।
रानाजस्तै दैलेखको दुल्लु नगरपालिका ५ का ओम रिजालले पनि अन्य मानिसहरुजस्तै लाइनमा बसेर मतदान गर्नुपर्ने बाध्यता अपाङ्गता भएका व्यक्तीहरुलाई भइएको बताउनुहुन्छ । यसअघिका निर्वाचनमा मतदान स्थल अपाङगता मैत्री बन्न सकेनन । उहा भन्नुहुन्छ, अपाङ्गता भएका मतदाताले मतदान केन्द्रमा लाइनमा बस्नु अवस्था छ, यसतर्फ निर्वाचन आयोगले ध्यान सकेको छैन । संविधानले दिएको अधिकार समेत आफुहरुले प्रयोग गर्न नपाएको उहाको गुनासो छ ।
नरेन्द्र र ओम केवल पात्र मात्रै हुनुहुन्छ । उहाहरुजस्ता कर्णालीका हजारौँ अपाङ्गता भएका व्यक्तीहरुलाई मतदान गर्दा पिडा खेप्नु परेको छ । कर्णालीमा करिब ५० हजार अपाङ्गता भएका व्यक्तीहरु रहेको राष्ट्रिय अपाङ्ग महासंघको तथ्याङ्क छ ।
उनिहरु नत अन्य व्यक्ती सरह लाइनमा बस्न सक्ने अवस्था छ । नत मतदान केन्द्र नै अपाङ्गमैत्री छन । कर्णालीका सबै मतदान केन्द्र अपाङ्गमैत्री नहुँदा हरेक निर्वाचनमा अपाङ्गता भएका व्यक्तीहरुले पिडा भोग्नुपरेको अपाङ्गता भएका व्यक्तीहरुको हकहितको लागि काम गर्ने व्यक्तीहरु बताउछन । राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेश जन वकालत संयोजक जित लाल ढकालले अपाङ्गता भएका व्यक्तीहरुलाई राज्यले हरेक क्षेत्रमा विभेद गर्ने गरेको भन्दै निर्वाचनमा समेत सहज ढङ्गले भोट हाल्ने वातावरण नबनाएको बताउनुभयो ।
तर आफुहरुको तर्फबाट भने केही प्रयास र पहल गरिएको भन्दै भन्नुहुन्छ, “हामीले यो निर्वाचनलाई दृष्टिगत गर्दै निर्वाचन आयोगलाई मतदान केन्द्रहरु अपाङ्गमैत्री बनाउन माग गरेका छौ । उहाहरुसँग मिलेर हामीले कम्तीमा वीरेन्द्रनगरका केही मतदान केन्द्रहरुलाई अपाङ्गमैत्री बनाउने छौ ।”
प्रदेश निर्वाचन कार्यालयका अनुसार वीरेन्द्रनगर भित्रका १० वटा केन्द्रलाई अपांग महासंघको समन्वयमा अपाङ्गगतामैत्री बनाउन लागिएको छ । प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले सहजताका लागि वीरेन्द्रनगर भित्रका मतदान केन्द्रलाई अपाङ्गगतामैत्री बनाउन लागिएको जानकारी दिनुभयो । ती केन्द्रमा दृष्टिविहीन, शारीरिकरुपमा अपाङ्गगता भएका मतदाताहरुले मात्र मतदान गर्न पाउनेछन् ।
वीरेन्द्रनगरका १० मतदान केन्द्र बाहेक अन्य जिल्लामा भने त्यस्तो कुनै तयारी नभएको जिल्ला निर्वाचन कार्यालयहरु बताउछन । जिल्ला निर्वाचन कार्यालय सल्यानका निर्वाचन अधिकारी निमराज भट्टराईले मतदान स्थललाई समवेशी बनाउने प्रयासमा आफुहरु रहेको तर विभिन्न कारणले समस्या भएको बताउनुहुन्छ । यस्तै, जिल्ला निर्वाचन कार्यालय डोल्पा पनि केही मतदान स्थलहरु अपाङ्ग मैत्री बनाउने भनिएपनि भौगालिक विकट्ताले गर्दा समस्या भएको प्रतिक्रिया दिएको छ । प्रमुख निर्वाचन अधिकारी राम बहादुर सार्कीले मतदान स्थलमा खटिएका मतदान अधिकृतहरुसँग समन्वय गरी अपाङ्ग मैत्री बनाउने प्रयास भने भइरएको जानकारी दिनुभयो ।
कर्णालीमा छैनन अपाङ्गमैत्री मतदान केन्द्र, अपाङ्गता भएका व्यक्तीहरुलाई हरेक निर्वाचनमा सास्थी
कर्णालीमा छैनन अपाङ्गमैत्री मतदान केन्द्र, अपाङ्गता भएका व्यक्तीहरुलाई हरेक निर्वाचनमा सास्थी
"वीरेन्द्रनगरका दश मतदान केन्द्रलाई अपाङ्गमैत्री बनाइने "
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
