दैलेख । दैलेख क्षेत्र नम्बर १ मा कडा प्रतिस्पर्धा देखिएको छ । प्रतिनिधिसभातर्फ २८१० मत गणना हुदा नेकपा एमालेका रविन्द्र शर्माले अग्रता लिनुभएको छ । उहालाई सत्ता गठबन्धबाट उम्मेद्वार बन्नुभएका एकिकृत समाजवादीका अम्मर थापाले पछ्याइरहनुभएको छ । थापाले १२०९ मत प्राप्त गर्नुभएको छ ।यसअघि थापाले अग्रता लिुनभएको थियो । नेपाल मजदुर किसान पार्टीका प्रकाश गुरुङ्गले ५१ मत प्राप्त गर्दा राप्रपाका कुन्ती कुमारी शाही ले ८१ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका इन्द्र प्रसाद शर्माले १२ मत प्राप्त गर्नुभएको छ । यस्तै, काँग्रेस विपीका भुपाल बहादुर थापाले ४ मत ल्याउँदा दुइजना स्वतन्त्र उम्मेद्वाहरुले एक÷एक मत ल्याएका छन ।
यसैबिच, दैलेख क्षेत्र नम्बर १ प्रदेश (क) तर्फ पनि नेकपा एमालेका धर्मराज रेग्मीले अग्रता कायम गर्नुभएको छ । उहाले ८६० मत ल्याउँदा नेपाली काँग्रेसका पुर्ण बहादुर खत्रीले ७३२ मत पाउनुभएको छ । राप्रपाका हृदयजंग शाहीले ३२, नेपाल मजदुर किसान पार्टीका जगत बहादुर ओलीले २४ मत ल्याउनुभएको छ । त्यसैगरी स्वतन्त्र उम्मेद्वा चित्र बहादुर खत्रीले २ मत ल्याउनुभएको छ । दैलेख क्षेत्र नम्बर १ को मतगणना अहिले जारी छ । यता क्षेत्र नम्बर २ को मतगणना भने राती ८ बजेदेखि शुरु हुने भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
दैलेख क्षेत्र नम्बर एकको निर्वाचन परिणाम: पूर्व सहकर्मीबिच कडा प्रतिस्पर्धा, रबिन्द्र फेरी अगाडी
दैलेख क्षेत्र नम्बर एकको निर्वाचन परिणाम: पूर्व सहकर्मीबिच कडा प्रतिस्पर्धा, रबिन्द्र फेरी अगाडी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
