सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका हृदयराम थानी विजयी हुनुभएको छ ।
कुल खसेको ७६ हजार ३ सय ५२ मतमध्ये थानीको पक्षमा ३४ हजार ६ सय २५ आएको छ । उहाले नेकपा एमालेका जिल्ला अध्यक्ष अमृत कुमार विसीलाई ५ हजार ६७ मतान्तरले पराजित गर्नुभएको हो ।
एमाले नेता विसीले २९ हजार ५५८ मत प्राप्त गर्नुभयो । थानीले योसँगै तीन पटक संसदीय निर्वाचन जित्नुभएको छ ।
०७४ मा नेकपा एमालेसँगको हारको बदला यो यो पटक थानीले गठबन्धनको बलमा लिनुभएको छ । ०७४ मा एमालेका नवराज रावतसँग उहा पराजित हुनुभएको थियो । रावतले ३७ हजार ४४७ मत ल्याएर निर्वाचित हुँदा २८ हजार ६४६ मत प्राप्त गर्नुभएको थियो ।
थानी यसअघि ०५६ र ०७० सालका यही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । भने सहकारी तथा गरिवी निवारण मन्त्री भइसकेका नेता हुनुहुन्छ ।
सुर्खेत क्षेत्र नम्बर २ मा थानी विजयी
सुर्खेत क्षेत्र नम्बर २ मा थानी विजयी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
