सुर्खेत । जाजरकोट प्रदेश सभा अन्तर्गत (ख) बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीवविक्रम शाह निर्वाचित हुनुभएको छ । उहा१६ हजार ४० मतसहित निर्वाचित हुनुभएको हो ।
शाहले नेकपा एमालेका खिम बहादुर शाहीलाई ५ हजार ५१० मतान्तरले पछि पार्नुभयो । एमाले नेता शाहीले १० हजार ५ सय ३० मत पाउनुभएको छ ।
शाह ०७४ मा माओवादी नेता शक्ति बस्नेतसँग पराजित हुनुभएको थियो । शाह यसअघि दोस्रो संविधान सभा सदस्यमा निर्वाचित भएर एक पटक संसदको अनुभव बटुलिसकेका नेता हुनुहुन्छ । शाह निर्वाचित भएको (ख)मा ४६ हजार ४९४ मतदाता रहेकोमा २९ हजार २६ मत खसेको थियो ।
जाजरकोटबाट प्रदेशसभामा काँग्रेसका राजिव विजयी
जाजरकोटबाट प्रदेशसभामा काँग्रेसका राजिव विजयी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
