सुर्खेत । दैलेख क्षेत्र नम्बर १ (क) बाट प्रदेश सभा सदस्य पदमा नेपाली कांग्रेसका पूर्णबहादुर खत्री विजयी हुनुभएको छ ।
उहाले नेकपा एमालेका धर्मराज रेग्मीलाई १ हजार ३९२ मतान्तरले पराजित गर्दै विजय हासिल गर्नुभएको हो ।
उहाले ९ हजार ४६४ मत ल्याएर निर्वाचित हुँदा रेग्मीले ८ हजार ७२ मत प्राप्त गर्नुभएको छ ।
रेग्मी ०७४ मा सोही क्षेत्रबाट माओवादीबाट चुनाव जितेर प्रदेश सरकारमा नेकपाभित्रको अन्तरसंघर्षका क्रममा एमालेको कित्तामा उभिनुभएको थियो ।
विजयी खत्री गठबन्धनकाका साझा उम्मेदवार हनुहुन्छ । नेविसंघ दैलेखको संस्थापक खत्री नेपाल रेडक्रस सोसाइटी र नेपाल परियोजना संघमा समेत आबद्ध हुनुहुन्थ्यो । ३५ हजार ४९९ मतदाता संख्या रहेको यो क्षेत्रमा १९ हजार ९९८ मत खसेको थियो ।
दैलेख १ (क) बाट कांग्रेसका खत्री विजयी
दैलेख १ (क) बाट कांग्रेसका खत्री विजयी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
