दैलेख । दैलेख निर्वाचन क्षेत्र नम्बर–२ प्रदेश सभा (क) मा गठबन्धनबाट नेपाली कांग्रेसका घनश्याम भण्डारी विजयी हुनुभएको छ ।
भण्डारीले नेकपा एमालेका तिलक प्रसाद रिजाललाई एक हजार ३ सय ५ मतले हराउनुभएको हो ।
भण्डारीले जम्मा खसेको मत २२ हजार ९४२ गणना गर्दा १० हजार ८ सय मत पाउनुभएको हो ।
एमालेका रिजालले ९ हजार ४ सय ९५ मत प्राप्त गर्नुभएको छ । प्रदेश सभामा निर्वाचित भण्डारी पूर्व दुल्लु नगरपालिकाका प्रमुख समेत हुनुहुन्छ ।
यस्तै, राप्रपाका यज्ञबहादुर थापाले ४७८, नेमकिपाका मदन भण्डारीले ३३७, हाम्रो नेपाली पार्टीका प्रेमबहादुर भण्डारीले ४७२, स्वतन्त्र पुरुषोत्तम रिजालले २७० मत ल्याउनुभएको छ ।
दैलेख–२ (क) मा गठबन्धनका भण्डारी विजयी
दैलेख–२ (क) मा गठबन्धनका भण्डारी विजयी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
