सुर्खेत । दैलेखका दुबै क्षेत्रको नतिजा सार्बजनिक भइसकेको छ ।
जसअन्तरगत दैलेख क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट उम्मेद्वार बन्नुभएका एकिकृत समाजवादीका नेता अम्मर बहादुर थापा विजयी हुनुभएको छ । भने क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेसका दिक्पाल शाही विजयी हुनुभएको छ ।
थापाले एमालेका रविन्द्रराज शर्मालाई ८ सय ४९ मतले पराजित गर्नुभएको हो । उहाले १८ हजार २ सय ५६ मत प्राप्त गर्नुभएको भने उहाको प्रतिस्पर्धी नेकपा एमालेका शर्माले १७ हजार ४ सय ७ मत प्राप्त गर्नुभयो । राप्रपाकी महामन्त्री कुन्तीकुमारी शाहीले ४ हजार ६ सय २ मत प्राप्त गर्नुभयो ।
यसैगरी क्षेत्र नम्बर १ प्रदेशसभातर्फ (क) तर्फ नेपाली काँग्रेसका पूर्ण बहादुर चालिसेले विजयी हासिल गर्नुभयो । उहाले एमालेका धर्मराज रेग्मीलाई हराउनुभएको हो । त्यसैगरी, प्रदेश सभा (ख) तर्फ पनि नेपाली काँग्रेसकै कृष्ण कुमार विसीले जित्नुभएको छ । उहाले एमालेका प्रेम बहादुर थापालाई हराउनुभएको हो ।
यसैबिच, दैलेख क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका दिक्पालकुमार शाहीले नेकपा एमालेका लक्ष्मीकुमार पोख्रेललाई १ सय ५३ मतान्तरले हराउनुभयो ।
सत्ता गठबन्धनका साझा उम्मेदवार शाहीले २० हजार १ सय ५८ मत पाउनुभयो भने निकटतम प्रतिद्वन्द्वी एमालेका पोख्रेलले २० हजार ५ मत पाउनुभयो ।
नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का केशेन्द्र कार्कीले ३ हजार ८३, राष्ट्रिय स्वतन्त्र पार्टीका बखत भण्डारीले ७ सय १३ र राप्रपाका लोकेन्द्रराज गिरीले ४ सय ८९ मत पाउनुभयो ।
यसैगरी क्षेत्र नम्बर २ को क बाट कांग्रेसकै घनश्याम भण्डारी र २ बाट एमालेका विनोद कुमार शाह विजयी हुनुभएको छ ।
दैलेखमा सत्ता गठबन्धनको पल्लाभारी
दैलेखमा सत्ता गठबन्धनको पल्लाभारी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
