सुर्खेत । पत्रकार महासंघ सुर्खेत शाखाको पाँचौं कार्यसमिति पूर्ण बैठकले आगामी पुस ८ र ९ गते नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा कर्णालीको राजधानी वीरेन्द्रनगरमा गर्ने महासंघ केन्द्रको निर्णयलाई स्वागत गरेको जनाएको छ ।
कर्णाली हालसम्म महासंघका केन्द्रीय स्तरका कुनै पनि कार्यक्रम हुन नसकेको अवस्थामा केन्द्रीय साधारणसभा सुर्खेतमा गर्ने महासंघ केन्द्रको निणर्य समग्र कर्णालीका लागि गौरवको विषय भएको महासंघका सचिव ललित बुढाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
उक्त साधारणसभामा देश र विदेशका गरी करिब ६ सय पत्रकारहरू सहभागि हुनेछन् ।
बैठकले साधारणसभा सफल बनाउन विभिन्न विषयगत समिति र उपसमितिसमेत गठन गरेको छ ।
उपसमितिका संयोजकहरुले बाँकी सदस्यहरू थप गरेर उपसमितिलाई पूणर्ता दिने शाखाले जनाएको छ ।
शाखा जिल्ला शाखाका ७ जना पदाधिकारी रहने गरी आवास व्यवस्थापन उपसमिति गठन गरेको छ ।
यो समितिले साधारणसभामा आउने पाहुनाहरूका लागि आवासको व्यवस्थापनमा समन्वय गर्नेछ ।
यस्तै शाखाका उपाध्यक्ष सुदिप परीको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति, उपाध्यक्ष सविता जिसीको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, सचिव ललित बुढाको संयोजकत्वमा प्रचार उपसमिति गठन गरेको छ ।
यस्तै सह–सचिव ईश्वरराज अधिकारीको संयोजकत्वमा प्रकाशन उपसमिति, सह–सचिव टेकेन्द्र विश्वकर्माको संयोजकत्वमा साँस्कृतिक उपसमिति, कोषध्यक्ष ललित गाहाको संयोजकत्वमा आर्थिक उपसमिति गठवन गरिएको छ । यस समतिका सदस्यहरू विवसकुमार सेजुवाल, यज्ञ खत्री र पूणर्बहादुर खड्का रहने छन् ।
पत्रकार महासंघ केन्द्रीय साधरणसभा सुर्खेतमा हुने
पत्रकार महासंघ केन्द्रीय साधरणसभा सुर्खेतमा हुने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
