हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकास्थित दुई सीमा प्रहरी चौकी सदरमुकाम सिमकोट स्थानान्तरण गरिएका छन् ।
नाम्खा–५ हिल्सा र वडा नं ६ लिमीको सुनखानी प्रहरी चौकी स्थानान्तरण गरिएका हुन् ।
उक्त क्षेत्रमा चिसो ह्वात्तै बढेपछि सीमा सुरक्षाका लागि खटिएका प्रहरीलाई बस्न गाह्रो भएको प्रहरी निरीक्षक दीपक मल्लले जानकारी दिनुभयो ।
प्रहरी सदरमुकाम झरेपछि चौकी रहेको भवनमा ताला लगाउने गरिन्छ । बर्सेनि जेठ लागेपछि सुरक्षाकर्मी पुनः सोही चौकीमा फिर्ता जाने गरेका छन् ।
हिल्सामा १३ र सुनखानीमा ११ प्रहरी कार्यरत थिए । गत वर्ष हिल्सा प्रहरी चौकीमा तैनाथ सुरक्षाकर्मीलाई नाम्खा–५ स्थित मुचु प्रहरी चौकीमा सार्ने गरिएको मल्लले बताउनुभयो ।
चीनसँग सीमा जोडिएको हिल्सा नाकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) सीमा सुरक्षा चौकीको टोली भने चिसो बढे पनि सोही क्षेत्रमा खटिएको छ ।
नाम्खा गाउँपालिकास्थित दुई सीमा प्रहरी चौकी सदरमुकाम सिमकोट स्थानान्तरण
नाम्खा गाउँपालिकास्थित दुई सीमा प्रहरी चौकी सदरमुकाम सिमकोट स्थानान्तरण
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
