सुर्खेत । हरेक बर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारेखसम्म लैंङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान विश्वका अधिकांस देशमा मनाइन्छ । नेपालमा पनि विगतदेखि नै यो दिवस मनाइदै आइएको छ । यस बर्षको अभियान भर्खरै सकिएको छ । अभियानको १६ दिनमा कर्णाली प्रदेशमा १६ घरेलु हिंसा तथा अपराधसम्म १६ वटा घटना प्रहरीमा दर्ता भएका छन्।
लैंङ्गिक हिंसा बिरुद्धको अभियान चलेकै बेला गत मंगलबार सुर्खेतको पञ्चपुरी नगरपालिका–३ का ३८ वर्षीय अम्मरबहादुर आले मगरले आफ्नी ३० वर्षीय श्रीमती मिना आले मगरको विभत्स हत्या गरे । जिल्ला प्रहरी कार्यालयका अनुसार उनले हसिँयाले घाँटी रेटेर श्रीमतीको हत्या हुन् । प्लास्टिकमा श्रीमतीको काटेको टाउको बोकेर हिँड्दै गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । अहिले उनलाई कर्तव्य ज्यान अन्तर्गत मुद्धा दर्ता गरेर जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको डिएसपी सुरज कार्कीले बताउनुभयो ।
कर्णाली प्रदेश प्रहरीका कार्यालयका अनुसार अभियानका १६ दिनको अवधिमै ११ वटा बलात्कारका मुद्धा दर्ता भएका छन् । सुर्खेतमा ४, रुकुम पश्चिम र कालिकोटमा २–२ जाजरकोट र डोल्पामा १–१ वटा बलात्कार तथा सल्यानमा १ वटा बलात्कार प्रयास कसुरमा मुद्धा दर्ता भएका छन् । यस्तै रुकुम पश्चिम, दैलेख, सुर्खेत र सल्यानमा एक एक वटा बहुविवाहका मुद्धा दर्ता भएका छन् । हत्यामा सम्बन्धी एक, बलात्कारका ४ र बहुविवाहको एक गरी सबै भन्दा धेरै सुर्खेतमा ६ वटा घटना घटेका छन् । यस अवधिमा हुम्ला, मुगु र जुम्लामा भने लैंङ्गिक हिंसासम्बन्धी कुनै पनि मुद्धा दर्ता भएका छैनन् ।
प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार कर्णालीमा प्रत्येक दिनजसो महिलाहरू कुनै न कुनै हिंसाको सिकार भइरहेका छन् । महिलाहरू घरेलु, यौनजन्य र लैङ्गिक हिंसामा धेरै पर्ने गरेका हुन् । समाजमा हुने अनेकखालका हिंसाबाट सबै उमेर समूहका महिलाहरू प्रताडित छन् । प्रहरीमा परेका उजुरीले बालिकादेखि वृद्ध उमेरसम्मका महिलाहरू हिंसामा परेको देखिएको छ । कर्णालीमा झन्डै दुई वर्षको अवधिमा मात्रै तीन सय ८७ वटा बलात्कार सम्बन्धी मुद्धा दर्ता भएका छन् । यस्तै बहुविवाह र घरेलु हिंसाबाट महिलाहरु पीडित छन् ।
कर्णालीमा महिलाको मानव अधिकारको अवस्था कम्जोर देखिएको विभिन्न अध्ययनहरुले देखाएको छ । दण्डहिनताले प्रसय पाउनु तथा कानुनको कडाइका साथ कार्यान्वयन नहुनले महिलामाथि हुने हिंसामा कमी आउन नसकेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का कर्णाली प्रदेश प्रमुख नारायण सुवेदी बताउनुहुन्छ । कानुनको कडाईका साथ कार्यान्वयन हुन सकिरहेको छैन । उहाले भन्नुभयो, “यसले गर्दा जतिसुकै अभियानहरु चलाएपनि लैङ्गिक हिंसा न्युनिकरण हुन सकिरहेको छैन ।”
कर्णालीका महिलामाथि हुने हिंसा निवारणका लागि सरकारी तथा गैरसरकारी तवरबाट थुप्रै लगानी भएको छ । तर अहिले सम्मका कार्यक्रमहरुले खासै उपलब्धी हुन सकेको छैन् । प्रदेश सरकारको भने सरकार एक्लैले नभई सबै सरोकारवालाहरुको प्रयासबाट मात्रै हिंसा निवरण गर्न सकिने धारणा छ । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्री भन्नुहुन्छ, “लैङ्गिक हिंसा निवारणका लागि कानुनहरु बनेका छन, ति कानुनहरुको कार्यान्वयनको लागि सरकार लागिरहेको छ । तर सरकारले एक्लैले गरेर यो समस्या समाधान हुँदैन ।”
लैंङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानकै अवधिमा कर्णालीमा महिला हिंसाका १६ मुद्धा दर्ता
लैंङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानकै अवधिमा कर्णालीमा महिला हिंसाका १६ मुद्धा दर्ता
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
