सुर्खेत । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको बीरेन्द्रनगरमा शुक्रबार आज आयोजित नेपाल पत्रकार महासंघको साधारणसभा उद्घाटनमा बोल्दै राष्ट्रपति भण्डारीले मुलुकको व्यवस्था परिवर्तनका विभिन्न आन्दोलनमा पत्रकारिता जगतले महत्वपूर्ण योगदान पु¥याएको बताउनुभएको हो ।
परिर्वतनबाट प्राप्त उपलब्धि संस्थागत गर्न चुनौती बढेको भन्दै उहाँले यसका लागि प्रेस क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
प्रेस जगतलाई राज्यले अङ्कुश लगाउन नहुनेमा राष्ट्रपति भण्डारीले जोड दिइन्। उनले पत्रकारितालाई मर्यादित बनाउन आग्रह गर्दै महासंघको साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
राष्ट्रपति भण्डारीले महासंघको साधारणसभासहित मध्यपश्चिम विश्वविद्यालयको नवनिर्मित केन्द्रीय कार्यालय समेत उद्घाटन गर्नुभयो ।
यस्तै, साधारणसभामा बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले केन्द्रले अहिले पनि कर्णालीलाई चिन्न नसकेको टिप्पणी गर्नुभयो ।
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकमा देखिएको समस्या समाधानमा प्रेस जगतको ठूलो भूमिका रहेको बताउनुभयो । गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनबाट मुलुकमा राष्ट्रिय पार्टी बनाउने योजना सफल भएको उहाँको भनाइ छ ।
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले आजभन्दा १५ वर्षअघि आफू सञ्चारमन्त्री हुँदा श्रमजीवी पत्रकारको हितमा काम गरेको बताउनुभयो । राष्ट्रिय राजनीतिका सन्दर्भमा सरकार गठनका लागि कुनै सहमति नभएको उहाँको भनाइ छ ।
नेकपा (एकीकृत समाजवादी) नेता जगन्नाथ खतिवडाले राजनीतिक सङ्कट समाधानमा पत्रकारिताको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । साथै लोकतान्त्रिक समाजवादीका केशव झाले परिवर्तनकारी शक्तिहरु एक हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्व सभापति हरिहर विरहीले सञ्चार क्षेत्रमा उल्लेख्य सुधारको आवश्यकता रहेको बताउनुभयो ।
साथै महासंङ्घका पूर्व अध्यक्ष किशोर नेपालले संविधानको भावनाअनुरुप दल र नेपालको राजनीतिक प्रणाली जान नसकेको बताउनुभयो ।
साधारणसभामा राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झालाई एक लाख नगद राशी रहेको कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
लोकतान्त्रिक गणतन्त्र स्थापनामा संचार क्षेत्रको भुमीका महत्वपूर्णः राष्ट्रपति भण्डारी
लोकतान्त्रिक गणतन्त्र स्थापनामा संचार क्षेत्रको भुमीका महत्वपूर्णः राष्ट्रपति भण्डारी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
