सुर्खेत । कर्णाली प्रदेशसभा सदस्यहरुले आज पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
ज्येष्ठ सदस्य विनोद कुमार शाहलाई प्रदेश प्रमुख तिलक परियारले र वाँकी सदस्यहरुलाई शाहले सपथ खुवाउनुभएको हो । शाह दैलेख निर्वाचन क्षेत्र नं. २ ख मा नेकपा एमालेबाट प्रदेशसभामा निर्वाचित हुनुभएको थियो ।
प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ मा प्रदेशसभामा निर्वाचित मध्ये ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुख र बाँकी सदस्यहरुलाई ज्येष्ठ सदस्यले सपथ खुवाउन प्राब्धान रहेको छ ।
सपथग्रहपश्चात प्रदेशसभा सदस्यहरुले जनताको अपेक्षा पूरा गर्नेगरी आफ्नो भूमिका निर्वाह गर्ने बताएका छन् । जुम्लाबाट प्रदेशसभामा निर्वाचित टेक पछाईले प्रदेशसभामा उत्कृष्ट ऐन कानुन निर्माणमा भूमिका खेल्ने बताउनुभयो ।
यस्तै देलैखबाट निर्वाचित घनश्याम भण्डारीले राजनीतिक रुपमा संघीयता सफल भएपनि प्रशासनिक र वित्तिय रुपमा सफल हुन नसकेको भन्दै त्यसलाई सफल बनाउने कानुन निर्माणमा भूमिका खेल्ने बताउनुभयो । सुर्खेतकी नन्दा गुरुङले समृद्ध कर्णाली सुखी कर्णालीवासीको नारा सफल पार्न प्रदेशसभामा सशक्त भूमिका खेल्ने बताउनुभयो ।
हुम्लाकी जनकीतम लामाले समग्र महिला, जनजाति तथा पिछडिएको समुदायलाई अगाडी ल्याउन भूमिका निभाउने बताउनुभयो । डोल्पाका शेरबहादुर बुढाले कर्णाली प्रदेशको दीगो विकासका लागि विगतभन्दा फरक ढंगले सोचेर काम गर्ने बताउनुभयो । कर्णाली प्रदेशसभामा नेपाली काँग्रेसबाट १४, नेकपा माओवादी केन्द्रबाट १३, नेकपा एमालेबाट १० तथा राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी पार्टी र स्वतन्त्रबाट एक एक जनागरी ४० जना सदस्य निर्वाचित छन् । त्यसमध्य २४ जना प्रत्यक्ष र १६ जना समानुपातिक प्रणालीबाट निर्वाचित भएका हुन् ।
कर्णाली प्रदेशसभा सदस्यद्धारा पद तथा गोपनियताको सपथ ग्रहण, नीति निर्माणमा ध्यान दिने सांसदहरुको प्रतिज्ञा
कर्णाली प्रदेशसभा सदस्यद्धारा पद तथा गोपनियताको सपथ ग्रहण, नीति निर्माणमा ध्यान दिने सांसदहरुको प्रतिज्ञा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
