सुर्खेत । महिला माथि हुने हिंसा र विभेद हटाउनेगरी आफुहरुले सशक्त भुमीका निर्वाह गर्ने कर्णाली प्रदेशसभामा निर्वाचित महिला सांसदहरुले प्रतिवद्धता जनाएका छन ।
रासससँग कुराकानी गर्दै प्रदेशसभामा निर्वाचित महिला सांसदहरुले महिला तथा बालिकामाथि हिंसाका घटना कम हुन नसकेको भन्दै लैंगिक न्यायका लागि आफुहरुले सशक्त भुमीका निर्वाह गर्ने बताएका हुन ।
महिलाका विषयमा कुरा गरेर मात्र कुनै समाधान हुन नसक्ने भन्दै संसदमा महिलाका मुद्दालाई सक्रियतापूर्वक उठाउने उनिहरुको भनाई छ ।
कालिकोटबाट प्रदेश सभाका निर्वाचि सदस्य यसोदा न्यौपानेले शिक्षा र स्वास्थ्यमा महिलहरुको पहुँच पुग्न नसकेको भन्दै सद्नमा निति निमार्ण गर्ने क्रममा महिलाका एजेण्डालाई शसक्तरुपमा उठाउने प्रतिबद्धता जनाउनुभयो । उहाले भन्नुभयो, “अहिले पनि महिलाहरुको पहुँच सबै क्षेत्रमा भनेअनुसार पुग्न सकेको छैन । हामी महिलाकै प्रतिनिधित्व गर्ने भएको हुँदा यो सवाललाई सशक्त रुपमा उठाउँछौ ।”
हामीले व्यवस्था बदलियौं तर सोच बदल्न सकेनौँ । न्यौपानेले भन्नुभयो, “अब समाजलाई सचेत बनाउने र विभेदरहित समाज निर्माण गर्ने अठोट हामीले गर्नुपर्छ ।”
सद्नमा महिलाका सवाल, सामाजिक विषय र महिलाका मुद्धामा एकजुट भएर अगाडि बढ्ने न्यौपालनेले बताउनुभयो ।
यस्तै, सर्खेतबाट निर्वाचित अर्का प्रदेश सभा सदस्य जानकी सिंले पनि महिलाहरु आर्थिक रुपमा पछाडी रहेको भन्दै यसले पनि हिंसालाई प्रश्रय दिएको भन्दै महिलाहरुलाई आर्थिक रुपमा मजबुत बनाउनेगरी भुमीका निर्वाह गर्ने बताउनुभयो ।
महिलाहरुलाई आर्थिक अधिकार दिइएको छैन । उहाले भन्नुभयो, “आर्थिक रुपमा बलियो नहुँदा उनिहरु विभिन्न हिंसामा परिरहेका छन्, अब आर्थिक रुपमा बलियो बनाउनेगरी नीति निर्माण गराउन मैले भुमीका खेल्छु ।”
तिनै तहका सरकारहरुले महिलाहरुको आर्थिक सशक्तिकरणका कार्यक्रमहरु ल्याउनुपर्नेमा उहाले जोड दिनुभयो ।
उहाँले प्रदेशमा अझै पनि महिला विरुद्ध हुने सबै प्रकारका हिंसा र भेदभाव अन्त्य नभएको भन्दै आगामि दिनमा महिला उद्यमशिलता विकास र आत्मनिर्भरताका कार्यक्रमलाई जोड दिइने बताउनुभयो ।
विगतदेखि महिलामाथि भइरहेको सामाजिक, आर्थिक, साँस्कृतिक र राजनैतिक विभेद हुँदै आएको छ । यसको अन्त्यको लागि काम गर्ने महिला सांसदहरुको प्रतिवद्धता छ ।
कर्णालीका महिला सांसदहरुको प्रतिवद्धताः महिलामाथि हुने हिंसा अन्त्य गर्न संसदमा सशक्त आवाज उठाउँछौ
कर्णालीका महिला सांसदहरुको प्रतिवद्धताः महिलामाथि हुने हिंसा अन्त्य गर्न संसदमा सशक्त आवाज उठाउँछौ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
