सुर्खेत । संघियतापछि नेपाल प्रेस युनियले आफ्नो संरचनालाई पनि प्रदेश स्तरिय बनाएको छ । नयाँ संरचनाअनुसार देशभरका ६ वटा प्रदेशको नेतृत्व चयन गरिएको हो ।
यसैबिच, नरेशसिंह थापाको अध्यक्षतामा कर्णाली प्रदेश समिति चयन गर्दै पहिलो अधिवेशन सम्पन्न गरेको छ । बिहीबार भएको युनियनको प्रथम प्रदेश अधिवेशनले अध्यक्षमा थापाको नेतृत्वमा सर्वसममतीले कार्य समिति चयन गरेको हो ।
जसमा खुला उपाध्यक्षमा रमेश शाही, महिला उपाध्यक्षमा गीता शाही, समावेशी उपाध्यक्षमा नवीन शाक्य, महासचिवमा निरक शाही, खुलासचिवमा कृष्णबहादुर वली, महिला सचिवमा रामदेवी खड्का, समावेशी सचिवमा रमा केसी र कोषाध्यक्षमा अंकबहादुर बुढा सर्वसम्मत चयन हुनुभएको छ ।
यस्तै, सदस्यहरूमा नवीन शाही, रमेश बोगटी, श्रवण देवकोटा, गोबिन्द रोकाया, गणेश बानिया, सुरिता बस्नेत, राधिका शाही, डम्बर बि.क, सिर्जना बुढाथोकि, डिलु रावत, प्रेम वलि, लिलराज रोकाया, रमेश बोगटी, छिमा केसी चयन भएका छन् ।
प्रेस युनियन कर्णाली प्रदेशको अध्यक्षमा थापा चयन
प्रेस युनियन कर्णाली प्रदेशको अध्यक्षमा थापा चयन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
