जुम्ला । चिसो बढेसँगै कर्णालीका हिमाली जिल्लाहरुमा भेडा र भेडीबाट बनेका कम्बल, फेरुवा, लिउहरुको घुम्ती व्यापार बढेको छ ।
खास गरी ग्रामीण क्षेत्रका समुदायले भेडा पालन गरेर त्यसको ऊनबाट विभिन्न आकार प्रकार, रङका कम्बल बनाएर बेच्ने गर्दछन् ।
उनीहरूको जीवन निर्वाह पनि यसैमा आश्रित रहेको छ । भेडाको कम्बल बेचेर घरपरिवारको गर्जो टार्न, छोराछोरीलाई राम्रो शिक्षा दिलाउन र बचत रकमबाट सम्पत्ति जोड्न भ्याउने गरेको मुनचुन्ने रावतले बताउनुभयो ।
जाडो मौसममा सबभन्दा बढी कम्बल बिक्री हुने गरेको बताउँदै उहाले सिजनमा १ देखि ३ लाखको कम्बल बिक्री हुने गरेको बताउनुभयो ।
तयार गरिएको कम्बल खुद्रा र थोकमा पनि बिक्री गरेर राम्रो आम्दानी हुने गरेको अर्का चन्दननाथ नगरपालिका –८ का डिल्ली थापाले बताउनुभयो ।
कम्बल खुद्रामा प्रतिकम्बल सामान्य पाँच हजारदेखि छ हजार रुपियाँ सम्ममा विक्रि हुने गर्दछ ।
एक दशकभन्दा बढी समयदेखि यसको व्यापार गर्दै आएका मोतीराम रावतले औसतमा प्रत्येक दिन चार–पाँचवटा कम्बल बिक्री भइरहेकाले आम्दानी पनि राम्रो भएको बताउनुभयो ।
चिसो बढेसँगै कम्बलको व्यापार बढ्दै
चिसो बढेसँगै कम्बलको व्यापार बढ्दै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
