सुर्खेत । दोस्रो राष्ट्रिय औद्योगिक व्यापार कृषि नविनतम प्रविधि प्रदर्शनी २०७९ कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने भएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महाँसंघ कर्णाली प्रदेशको आयोजनामा लघु घरेलु तथा साना उद्योगको बजार प्रर्बद्धन गर्ने उद्धेश्यले महत्सव हुने भएको हो ।
प्रदेशमा रोजगारी अबसरको साथै स्थानिय उत्पादनहरुलाई सार्वजनिक निकायमा र सबै उपभोक्ता बिच प्रयोग गर्ने उदेश्यका साथै कृषि क्षेत्रको उत्पादन बढाउन सघाउ पुग्ने आयोजकले जनाएको छ ।
महत्वस माघ १३ देखि २१ गते सम्म संचालन हुने नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशका अध्यक्ष चन्द्र बहादुर बढा क्षेत्रीले जानकारी दिनुभयो ।
उहाका अनुसार लघु, घरेलु, साना तथा महिला उद्यमीहरुले उत्पादन गरेका वस्तु तथा सामाग्रीहरुको बजारीकरणको लागि प्रदशनी मेला आयोजना गरि बजारीकरणमा टेवा पु¥याउने छ ।
कर्णाली प्रदेशका लघु, घरेलु साना तथा महिला उद्यमीहरु बीच सम्पर्क बढाउने भन्दै उहाले कर्णाली प्रदेशका औद्योगिक वस्तुहरुको राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय बजारीकरणको सम्भावनाको खोज तथा प्रवर्द्धन गरिने उहाले बताउनुभयो ।
महत्वसवमा कर्णालीका उत्पादित घरेलु सामग्री व्यापार तथा प्रचार प्रदर्शनी गरिने छ । गलैँचा, राडीपाखी पश्मिनाका वस्तुहरु तथा अन्य ऊनी कपडाहरु, लिउ, फेरुवा, पाखी तथा कोटकाकपडाहरु को बिक्रि बितरण हुने र प्रत्यक्ष उद्यमीले नाफा लिने अपेक्षा लिइएको छ ।
महत्वसव अवधीभर करिब ४ करोड भन्दा बढिको प्रत्यक्ष कारोबार र३ करोड भन्दा बढिको अप्रत्यक्ष कारोबार हुने अपेक्षा गरिएको उहाले जानकारी दिनुभयो ।
दोश्रो राष्ट्रिय औद्योगिक व्यापार तथा कृषि प्रदर्शनी मेला सुर्खेतमा हुने
दोश्रो राष्ट्रिय औद्योगिक व्यापार तथा कृषि प्रदर्शनी मेला सुर्खेतमा हुने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
