सुर्खेत । प्रविधिको बढ्दो प्रयोगले मानव बेचविखन तथा ओसार पसारलाई बढवा दिएको सरोकारवालाहरुले बताएका छन ।
पछिल्लो समय प्रविधिलाई सदुपयोगको साटो दुरुपयोग गरेर मानव बेचबिखन तथा ओसारपसारका घटनाहरु झनै विक्राल बन्न थालेको उनिहरुको भनाई छ ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बुधबार आयोजना गरेको मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण सम्बन्धी अभियान कार्यक्रममा सहभागीहरुले मानव बेचबिखन तथा ओसार पसार रोक्न तिनै तहका सरकारहरु लाग्नुपर्नेमा जोड दिएका हुन ।
कार्यक्रममा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय महिला बालबालिका तथा जेष्ठ नागरिक महाशाखा प्रमुख अनिता ज्ञवालीले मानव बेचबिखन तथा ओसार पसारबाट रोक्न प्रदेश सरकारले तिनवटा रणनीति र ७ वटा कार्यविधि बनाएर काम गरिरहेको जानकारी दिनुभयो ।
विशेषगरी आर्थिक रुपमा कमजोर व्यक्तीहरु विभिन्न प्रलोभनमा परेर बेचबिखनमा पर्ने सक्ने तर्फ सचेत हुँदै लक्षित वर्ग आयआर्जनमुलक कार्यक्रमहरु संचालन गरि आर्थिक अवस्था सुधार गर्ने प्रयास गरिएको बताउनुभयो ।
प्रदेश सरकारले छोरी बुहारी छात्रावृत्ती, बैंक खाता छोरीको सुरक्षा जीवनभरीको लगायतका कार्यक्रम समेत संचालन गरेको जानकारी दिँदै यी कार्यक्रमले पनि मानव बेचबिखन तथा ओसार पसारविरुद्ध सहयोग पुग्ने बताउनुभयो ।
यस्तै, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको तथ्याङ्कमा नेपाल मानव बेचबिखन तथा ओसार पसारको उच्च जोखिममा रहेको छ ।
तथ्याङ्कअनुसार देशभर आर्थिक बर्ष २०७७÷०७८ मा ४० हजार ३ सय जना बेचबिखनमा परेका छन भने एक सय ३४ वटा उजुरी प्रहरीमा दर्ता भएका छन ।
विशेषगरी रोजगारीको प्रलोभनमा पारेर प्रलोभनमा पार्ने गरिएको भन्दै मन्त्रालयका प्रमुख मिना पौडेलले महिला बालबालिका मात्रै नभई पूरुषहरु समेत बेचिने गरेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै स्थानीय सरकारहरुले मानव बेचबिखन तथा ओसार पसार विरुद्ध विभिन्न सचेतनामुलक कार्यक्रमहरु संचालन गरिएको भन्दै अझै कानुन निर्माणलाई पनि जोड दिने बताएका छन ।
सुर्खेत वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले मानव बेचबिखन र ओसार पसारको प्रमुख कारण गरिबी, अशिक्षा भएको भन्दै यसको निराकरण गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत व्यक्तीहरुको सहभागिता रहेको थियो ।
प्रविधिको बढ्दो प्रयोगले मानव बेचबिखनलाई सहयोग
प्रविधिको बढ्दो प्रयोगले मानव बेचबिखनलाई सहयोग

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु