सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख तिलक परियारले शर्मालाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ वमोजिम शर्मालाई प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । मुख्यमन्त्रीका लागि दावी गर्न दलहरुलाई आज साँझ ५ बजेसम्मको समय दिइएको थियो ।
त्यही वमोजिम नेकपा एमाले, राप्रपा र नेकपा एकीकृत समाजवादी सहितको समर्थनमा शर्माले मुख्यमन्त्रीको दावी पेश गर्नुभएको हो ।
कर्णाली प्रदेशमा माओवादीका १३, एमालेका १०, राप्रपाका १ र समाजवादीका १ जना सांसद रहेका छन् ।
कुल ४० सदस्यीय प्रदेश सभामा बहुमतका लागि २१ सिट आवश्यक हुन्छ । जसअनुसार माओवादी, एमाले, राप्रपा र समाजवादी गरी २५ सांसदको समर्थन रहेको छ ।
नेकपा एमाले र माओवादी केन्द्रबीच आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति अनुसार एमालेले शर्मालाई मुख्यमन्त्रीका लागि समर्थन गरेको हो ।
कर्णालीको तेस्रो मुख्यमन्त्रीमा राजकुमार शर्मा नियुक्त
कर्णालीको तेस्रो मुख्यमन्त्रीमा राजकुमार शर्मा नियुक्त
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
