सुर्खेत । कर्णालीका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
उहा बुधबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । मुख्यमन्त्री शर्मालाई कर्णालीका प्रदेश प्रमुख तिलक परियारले बिहीबार एक समारोहकाबीच शपथ ग्रहण गराउनुभयो । …आवाज…
मुख्यमन्त्रीले शपथ लिएसँगै बिहीबार नै मन्त्रिमण्डल पनि विस्तार गर्नुभएको छ ।
मुख्यमन्त्री शर्माले एमालेका विनोदकुमार शाह र माओवादीका सांसद मंगलबहादुर शाहीलाई मन्त्रीमा नियुक्त गर्नुभएको हो ।
दैलेखको निर्वाचन क्षेत्र नं २ (ख) बाट निर्वाचित शाह र मुगुको प्रदेशसभा (ख) बाट निर्वाचित शाहीले पनि बिहीबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
उनीहरुको मन्त्रालय भने तोकिएको छैन । सत्ता गठबन्धनमा थप छलफल गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने र मन्त्रालयको पनि भागबण्डा गर्ने तयारीमा मुख्यमन्त्री हुनुहुन्छ ।
सत्ता साझेदार दल एमाले र माओवादी केन्द्रबीच एमालेले तीन र माओवादीले मुख्यमन्त्री तथा अरु तीन वटा मन्त्रालय लिने सहमति भएको छ ।
कर्णालीमा मन्त्रालयको संख्या सात बनाउने सत्ता गठबन्धनको तयारी छ । सत्ता साझेदार दल एमाले र माओवादी केन्द्रबीच एमालेले तीन र माओवादीले मुख्यमन्त्री तथा अरु तीनवटा मन्त्रालय लिने सहमति भएको छ ।
त्यही सहमतिको आधारमा मन्त्रालयको भागबण्डा गरेर बाँकी मन्त्री नियुक्त हुने बताइएको छ ।
मुख्यमन्त्री शर्माले आफ्नो पहिलो प्राथमिकता कर्णालीको गरिबी न्यूनिकरणमा केन्द्रीत हुने बताउनुभएको छ ।
प्रदेशको गरिबी न्यूनिकरण गरेर मात्र समृद्धि हाँसिल गर्न सकिने उहाको भनाइ छ ।
कर्णालीका मुख्यमन्त्रीले लिए पद तथा गोपनियताको सपथ, सानो आकारको मन्त्रीपरिषद गठन
कर्णालीका मुख्यमन्त्रीले लिए पद तथा गोपनियताको सपथ, सानो आकारको मन्त्रीपरिषद गठन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
