सुर्खेत । अब कर्णाली प्रदेशमै मृगौला प्रत्यारोपण सेवा शुरु हुने भएको छ ।
कर्णाली प्रदेश अस्पतालले मिर्गौला यही हप्ताबाट नै मृगौला प्रत्यारोपण सेवा सुरु गर्न लागेको हो । मृगौला प्रत्यारोपण सेवा कर्णाली प्रदेशबाट नै हुने भएपछि नागरिकहरु उत्साहित भएका छन ।
यसअघि माघ महिनादेखि मिर्गौला प्रत्यारोपणको लागि सम्झौता भएको थियो त्यही सम्झौताअनुसार सेवा विस्तार गरिएको अस्पतालका निर्देशक प्रा.डा डम्बर खड्काले जानकारी दिनुभयो ।
निर्देशक डा खड्काले आर्थिक वर्षमा मिर्गौला प्रत्यारोपण सेवा, क्याथ ल्याब स्थापनाका साथै एमआरआई मेसिन जडान गर्ने लक्ष्य पुरा गरिएको जानकारी दिनुभयो ।
यस्तै, डाक्टर खड्काले आगामी तीन वर्षभित्र भवनको तला थपका लागि बहुवर्षे ठेक्का प्रक्रिया सुरु भएको, ५०० शय्याको अस्पताल सञ्चालन, बाल अस्पतालको निर्माण र सञ्चालन गर्ने योजना रहको अस्पतालले लिएको बताउनुभयो ।
यस्तै, कर्णाली प्रदेश सरकारले प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल)का रुपमा स्तरोन्नतिका लागि छलफल समेत गरिसकेको छ ।
जसका लागि कर्णालीको सामाजिक विकास मन्त्रालयले अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्न चालू आर्थिक वर्षमा बजेट विनियोजन समेत गरेको छ । हाल २९७ शय्याको अस्पतालमा दैनिक औसत ४०५ बिरामी भर्ना हुने तथ्यांकक छ ।
सोमबार पत्रकार भेटघाट गर्दै अस्पतालले आर्थिक वर्ष २०७८÷०७९ र आर्थिक वर्ष २०७९÷०८० मा गरेको प्रगति विवरण समेत सार्वजनिक गरिएको छ ।
अब कर्णाली प्रदेशबाटै मृगौला प्रत्यारोपण हुने
अब कर्णाली प्रदेशबाटै मृगौला प्रत्यारोपण हुने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
