सुर्खेत । कर्णाली प्रदेशमा मुख्यमन्त्री राज कुमार शार्माले सरकारलाई पूर्णता दिनुभएको छ ।
मुख्यमन्त्रीमा नियुक्त भएको १४ दिनपछि बुधबार मुख्यमन्त्री शर्माले सरकारलाई पूर्णता दिनुभएको हो ।
सत्ता साझेदार दल माओवादीबाट मुख्यमन्त्रीसहित ४ मन्त्री र एमालेबाट तिन जना मन्त्री बनेका छन । यसअघि आठ मन्त्रालय रहेको प्रदेशमा एक मन्त्रालय घटाइएको थियो । मुख्यमन्त्री शाहीले मन्त्रीहरुको जिम्मेवारी समेत तोक्नुभएको छ ।
को को भए मन्त्री
नियुक्त मन्त्रीहरुलाई मन्त्रालयका जिम्मेवारी समेत दिइएको छ । जस अन्तरगत एमालेबाट विनोदकुमार शाह आर्थिक मामिला तथा योजना मन्त्री, टेकराज पछाई सामाजिक विकास मन्त्री र शेरबहादुर बुढा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बन्नुभएको छ भने माओवादीबाट मंगलबहादुर शाही भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्री, कृष्ण जिसी आन्तरिक मामिला तथा कानुन मन्त्री र भीमप्रकाश शर्मा भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री बन्नुभएको छ । नवनियुक्त मन्त्रीहरु सपथ आज साँझ ६ बजे गर्ने तयारी गरिएको छ ।
कर्णाली प्रदेश सरकारले पायो पूर्णता
कर्णाली प्रदेश सरकारले पायो पूर्णता
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
