सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त चारजना मन्त्रीहरूले पद तथा गोपनीयता शपथ लिनुभएको छ । प्रदेश प्रमुख तिलक परियारले बुधबार पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
मुख्यमन्त्री राजकुमार शर्माले बुधबार नै नेकपा माओवादी केन्द्रका कृष्णबहादुर जिसीलाई आन्तरिक मामिला तथा योजना मन्त्री र भीमप्रकाश शर्मालाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गर्नुभएको थियो ।
त्यस्तै एमालेका टेकराज पछाईलाई सामाजिक विकास मन्त्री र जीतबहादुर मल्ललाई उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गर्नुभएको थियो । तीनै चार नवनियुक्त मन्त्रीहरुले शपथ लिनुभएको हो । पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका शर्माले बुधबार मन्त्रीमण्डललाई पूर्णता दिनुभएको हो ।
२८ गते विना विभागीय मन्त्रीमा नियुक्त भएका एमालेबाट विनोदकुमार शाहले आर्थिक मामिला तथा योजना मन्त्री र माओवादी केन्द्रका मंगलबहादुर शाहीले भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।
कर्णालीका नवनियुक्त चार मन्त्रीले लिए शपथ
कर्णालीका नवनियुक्त चार मन्त्रीले लिए शपथ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
