सुर्खेत । कर्णाली प्रदेशका हुम्ला मुगु र डोल्पालगायतका हिमाली जिल्लाका केही भोट क्षेत्रका गाउँमा रहेको बहुपती प्रथा पछिल्लो समय न्युनिकरण हुँदै गएको छ ।
घरको जेठो छोराले विवाह गरी ल्याएकी श्रीमतीलाई उसका भाइहरूले पनि श्रीमतीको रूपमा स्वीकार गर्ने गरेका छन् । तर यो पछिल्लो समय न्युनिकरण हुँदै गएको हो । कानुनले बहुपति विवाह गर्न बर्जित गरेको छ । तर केही रुपमा कर्णालीका हिमाली जिल्लाहरुमा यो प्रथा कायम छ ।
यस प्रकारको विवाह विशेषत डोल्पा र हुम्लाका ग्रामीण र दुर्गम भेगमा हुने गरेपनि हाल यो प्रथा हराउँदै गएको त्यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुले बताएका छन् । डोल्पाको शे–फोक्सुन्डो गाउँपालिकाका उपाध्यक्ष पेम्मा वाङछेन गुरुङले शिक्षा र चेतनाको स्तर, बढेसँगै यो प्रथा न्युनिकरण हुन थालेको बताउनुभयो ।
यस्तै, हुम्लाको नाम्खा गाउँपालिका उपाध्यक्ष तक्दिर लामाले पनि आज भोलिका नयाँ पुस्ताले एकल विवाह गर्न थालेको बताउनुभएको छ ।
उहाँका अनूसार विगतमा यो प्रथा लामा समुदायका युवायुवतीले बेहोर्नु परेको हो । विगतमा अशिक्षा र जनचेतनाको कमीले बहुपति प्रथा भएपनि अहिले हुम्ला जिल्लामै न्यूनीकरण भइसकेको बताउनुभयो ।
अर्को आमा बराबरको भाउजूलाई श्रीमती मान्न कठिन हुने अवस्था पछिल्लो पुस्ताले राम्रैसँग बुझेपछि र शिक्षामा पहुँच वृद्धि हुँदा बहुपति प्रथा न्यूनीकरण हुन सहयोग पुगेको जनप्रतिनिधिहरुको भनाइ छ ।
यता, त्यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने कर्णाली प्रदेशका सांसदहरु पनि यो प्रथा हटाउ चुनौति रहेका बताएका छन् कर्णालीका लामा समुदायमा रहदै आएको बहुपती प्रथा अन्त्यको लागि उनीहरु नै आफै सकरात्मक हुनुपर्ने हुम्लाबाट निर्वाचित प्रदेशसभा सदस्य विजया बुढाले बताउनुभयो । बहुपति प्रथाले महिलाहरु धेरै हिंसामा पर्ने गरेका छन ।
कर्णालीमा बहुपति प्रथा न्युनिकरण हुँदै
कर्णालीमा बहुपति प्रथा न्युनिकरण हुँदै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
