जाजरकोट । जाजरकोट कुशे गाउँपालिकामा बालविवाह रोक्नका लागि यहाँका बाल क्लबहरूको सक्रियता भारी मात्रामा बढेको छ ।
पालिका भित्रका सबै वडाहरूमा रहेको बाल क्लबको सक्रियतामा सबै खालका बालविवाह रोकिने क्रम बढेको छ ।
विद्यालय वा अन्य ठाउँमा समेत बालविवाह रोक्नका लागि आफूहरू सक्रिय रहेको जुरेली सामुदायिक बाल क्लबकी अध्यक्ष प्रतिमा रोकायले जानकारी दिनुभयो ।
बालविवाह रोक्दा आफूलाई धेरै ठाउँबाट दबाब समेत आएको उहाको भनाइ छ । बालविवाह रोक्नका लागि काम गर्दा आफूलगायत आफ्ना घरमा रहेका आमा, बाबासँग समेत बिहे गरेर भागेकाहरूले बोलचाल बन्द नै गरेको प्रगतिशील बाल क्लब कुशे ४ का अध्यक्ष रवीन्द्र आचार्यले बताउनुभयो ।
बालविवाह रोक्नका लागि कुशे गाउँपालिकामा वडा बाल अधिकार समिति, नागरिक समाज सञ्जाल , स्थानीय बाल अधिकार समिति र बालमैत्री स्थानीय शासन वडा समितिसमेत सक्रिय रहँदै आएको प्रहरीले बताएको छ ।
प्रहरीले गरेको प्रहरी साझेदारी कार्यक्रममा समेत बाल क्लबको सक्रिय सहभागिता रहँदै आएको छ ।
बालबिवाह न्युनिकरणका लागि बालबालिका सक्रिय
बालबिवाह न्युनिकरणका लागि बालबालिका सक्रिय
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
