काठमाडौं । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवारका रूपमा अघि सार्ने तयारी गरेका छन् ।
सिंहदरबारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बिहीबार साँझ बसेको तीन दलको बैठकमा अध्यक्ष नेपाललाई राष्ट्रपतिका रूपमा अघि सार्न र राष्ट्रिय सहमति खोज्न नेपाली कांग्रेस र नेकपा एमालेसँग समेत संवाद गर्ने सहमति भएको हो ।
त्यसका लागि शुक्रबार कांग्रेस र एमालेसँग संवाद गरेर सकभर राष्ट्रिय सहमति जुटाउन प्रयास गर्ने नेताहरूले बताएका छन् ।
बैठकमा एकीकृत समाजवादी र जनता समाजवादीका नेताहरूले माधव नेपाललाई राष्ट्रपतिका रूपमा अघि सार्ने प्रस्ताव गरेका थिए । सो प्रस्तावलाई माओवादीले छलफल गर्न सकिने बताएको छ ।
बैठकपछि सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै जसपाका नेता राजेन्द्र श्रेष्ठले शुक्रबारको छलफलपछि नयाँ गठबन्धन बन्ने वा नबन्ने भन्ने टुङ्गो लाग्ने बताए ।
यसैबिच, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शुक्रबार फाइनल वार्ता गर्ने भएका छन् ।
राष्ट्रपतिको विषयमा दलहरुबीच सहमति नजुटेको सन्दर्भमा प्रचण्डले शुक्रबार ओलीसँग फाइनल वार्ता गर्न लागेका हुन् ।
प्रचण्डले राष्ट्रपतिको विषयमा सबैसँग छलफल चलिरहेको भन्दै सहमति भने नजुटेको बताएका हुन् ।
राष्ट्रपतिका विषयमा प्रचण्ड र ओलीबिच आज ‘फाइनल’ वार्ता हुँदै
राष्ट्रपतिका विषयमा प्रचण्ड र ओलीबिच आज ‘फाइनल’ वार्ता हुँदै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
