सुर्खेत । नेपाल मजदुर किसान पार्टीको १४ औँ जिल्ला सम्मेलन जगत ओलीको अध्यक्षतामा १८ सदस्यीय नयाँ नेतृत्व चयन गरेर समापन भएको छ ।
शुक्रबार र शनिबार सम्पन्न नेमकिपा, दैलेखको सम्मेलनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रस्ताव पारितसमेत गरेको छ ।
नवनिर्वाचित कार्यसमितिलाई बन्दसत्रको अध्यक्ष मण्डलका अध्यक्ष एवम् नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले पार्टीको विधानअनुसार सपथग्रहण गराएका थिए ।
सचिव सुवालले सर्वसम्मत्तिमा निर्वाचित नयाँ कार्यसमितिलाई बधाई दिँदै पार्टीको सिद्धान्तबाट शिक्षित र सचेत गराएर जनताको संगठन विस्तारमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
उहाले नवनिर्वाचित जिल्ला समितिका सबै सदस्यहरु देश र जनताको इमानदारीपूर्वक सेवामा अग्रसर हुने विश्वास व्यक्त गर्नुभयो ।
नवनिर्वाचित अध्यक्ष जगत ओलीले पार्टीको विधानअनुसार इमानदारीसाथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बन्दसत्रमा नेमकिपाका सचिव प्रेम सुवालले समसामयिक राष्टिय तथा अन्तर्राष्टिय विषयमा प्रशिक्षण दिनुभएको थियो ।
सम्मेलनले किसानको निम्ति सस्तो र गुणस्तरीय मल सुलभ तरिकाले व्यवस्था गर्न माग गरेको छ ।
देशघाती नागरिकता विधेयक अविलम्ब खारेज गर्नुपर्ने, नेपाली युवालाई भाडाको सिपाही बनाउने सन् १९४७ को गोर्खा भर्ती र नेपाललाई भारतको सुरक्षा छातामा राख्ने सन् १९५० को नेपाल–भारत सन्धि अविलम्ब खारेज गर्नुपर्ने, खुला सीमा नियमन र बन्द गर्नुपर्ने, महाकाली नदीको धार नेपालतिर धकेलेर भारतले बनाएको तटबन्ध तत्काल भत्काउनु पर्ने, नेपाली भूमि कालापानी कब्जा गरी बसेका भारतीय सेनालाई तत्काल हटाउनुपर्ने प्रस्ताव पारित गर्यो ।
त्यस्तै, नेमकिपा दैलेखले दुर्गम जिल्लाहरूमा यातायातको व्यवस्था गरी आवागमन सहज गर्नुपर्ने, नयाँ शैक्षिक वर्षका लागि समयमै पाठ्यपुस्तक पु¥याउन सरकारको ध्यानाकर्षण गरेको छ ।
महिला हिंसाका जघन्य अपराधीहरूलाई मृत्युदण्डसमेतको कानुनी प्रावधानको बन्दोबस्त गर्न र महिलामा आत्मबल विकासको लागि विद्यालय तहदेखि नै खेलकुदको विषयलाई अनिवार्य गर्न, जंगली जनावरले गर्दा किसानले लगाएको बाली नष्ट भएकोले वन्यजन्तुको नियन्त्रण गर्न र दैलेख जिल्लामा उत्खनन् हुने पेटोलियम पदार्थको अन्वेषनबारे यथार्थ जानकारी स्थानीय जानतालाई दिनु पर्ने माग गरिएको छ ।
नेमकिपा, दैलेखले युक्रेनलाई रणभूमि बनाउने र एसियालाई अन्त्यहीन युद्धमा फसाउने अमेरिकी साम्राज्यवादको युद्ध सरदार नीतिको विरोध गरेको छ । क्युवा र प्रजग कोरियामाथिको नाकाबन्दी खारेज गर्नसमेत माग गरिएको छ ।
नेमकिपा, दैलेखको जिल्ला सम्मेलनले १२ राष्ट्रिय र ३ अन्तर्राष्ट्रिय गरी जम्मा १५ वटा प्रस्तावहरु पारित गरेको थियो ।
नेमकिपा दैलेखको अध्यक्षमा ओली
नेमकिपा दैलेखको अध्यक्षमा ओली
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
