कठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सफलतापूर्वक सम्पन्न भएको दाबी गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीको सफल, सही, उत्कृष्ट र मर्यादित भूमिकालाई हेरेर दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित हुनुभएको उल्लेख गर्दै अध्यक्ष ओलीले उहाँको यस खालको भूमिका नेपाल र नेपाली महिलाहरूका लागि गर्वको विषय भएको जिकिर गर्नुभयो ।
११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बुधवार च्यासलमा रहेको एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भोजपुरको गाउँमा जन्मिएर नेपालको प्रथम महिला राष्ट्रपति हुनु सामान्य विषय नभएको बताउनुभयो ।
राष्ट्रपतिमा विद्या भण्डारीको भूमिका गौरवको विषय ः अध्यक्ष ओली
राष्ट्रपतिमा विद्या भण्डारीको भूमिका गौरवको विषय ः अध्यक्ष ओली
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
