सुर्खेत । सुर्खेत वीरेन्द्रनगर १३ मा रहेको इन्द्रपुर गाउँका किसानहरुले उत्पादन गरेको तरकारीले उचित मुल्य नपाएको भन्दै लागत मुल्य नउठ्ने चिन्ता गरेका छन ।
बजारमा भारतिय तरकारी सस्तो हुँदा आफुहरुले उचित मुल्य पाउन नसकेको उनिहरुको गुनासो छ । सरकारले स्वदेशको उत्पादनलाई प्रोत्साहन गर्नु नसकेको किसनहरुले गुनासो गरेका हुन ।
सुर्खेत वीरेन्द्रनगमा मात्रै दैनिक १२ लाखभन्दा धेरैको तरकारी भित्रिने गरेको तथ्याङ्क छ । तर स्वदेशको उत्पादनले भने मुल्य पाउन नसकेको हो ।
वीरेन्द्रनगर बजारदेखि करिव सात किलोमिटरको दुरीमा रहेको यो गाउँमा गत बर्ष कृषि उत्पादनले राम्रो मुल्य पाउँदा करिब एक करोडको कारोबार गरेको थियो । तर यो पटक भने कृषकहरुको उत्पादनले उचित मुल्य पाउन नसकेको कृषक नर बहादुर शाहीले बताउनुभयो । उहाले तरकारीको उत्पादन लागत समेत उठ्न नसक्ने चिन्ता रहेको बताउनुभयो । हामी तरकारी खेती व्यवसाय गर्न थालेको लामो समय भइसक्यो । उहाले भन्नुभयो, “गत बर्ष तरकारीको मुल्य राम्रो हुँदा उत्साहित थियौँ, तर यो बर्ष भने सस्तो दरमा विक्रि गर्न बाध्य हुँदा लगानी समेत नउठ्ला जस्तो छ ।”
कृषकले बारीमा फुलगोभी, बन्दा लगायतका तरकारी उत्पादन राम्रो भएको भन्दै विगतका वर्षमा बारीबाटै ३० रुपैयाँ मूल्यमा विक्री हुने तरकारी यो बर्ष १३ रुपैयाँमा बेच्न बाध्य भएको अर्का किसान दिलसरा मन्दीरको भनाई छ । हाम्रो तरकारी अहिले सस्तो भाउमा विक्रि गरिरहेका छौँ । उहाले भन्नुभयो, “सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुको साटो वास्था नै गर्दैन ।” उहाले आफुहरुको प्रमुख आम्दानीको श्रोत कृषि भएपनि मुल्य नपाउँदा घरको आर्थिक अवस्था धान्न नसक्ने अवस्थामा पुगेको दुखेसो गर्नुभयो ।
यो गाउँका कृषकहरु १२ वर्षदेखि व्यवसायी तरकारी खेती गर्दै आएका छन । भारतीय तरकारीले सहजै मूल्य पाउने तर स्वदेशी कृषकहरुको तरकारीले मूल्य बारीमै खेर जाने अवस्था रहेको भन्दै यो गाउँका कृषकहरु अब खेती गर्न छोड्नुपर्ने अवस्थामा पुगेका छन ।
दुई सय घरधुरी रहेको इन्द्रपुर गाउँका ५० जना कृषकहरुले व्यवसायिक रुपमा खेती गर्दै आएका छन । करिव ५० विगाह खेतीयोग्य जमिनमध्य १७ विगाह जमीनमा कृषकहरुले छुट्टाछुट्टै रुपमा तरकारी खेती गरिरहेका छन् । तर बजार नपाउँदा उनिहरु चिन्तित बनेका छन ।
यता, प्रदेश सरकारले पनि व्यवसायिक रुपमा खेती गर्ने किसानहरुको लागि सिंचाई कुलो निर्माणदेखि विभिन्न अनुदान दिने गरिएको जनाएको छ ।
प्रदेशको कृषि विकास निर्देशनायका निमित्त निर्देशक चित्र बहादुर रोकायले कृषकहरुको तरकारी नै विक्रि नभएको भन्ने नभई बजार मुल्य नपाएको सत्य भएको बताउनुभयो । उहाले भन्नुभयो, “उहाहरुको तरकारी विक्रि नभएको होइन, हामीले बजारसम्म उत्पादित कृषि वस्तु ल्याउनुलाई रिक्सा पनि उपलब्ध गराएका छौ । तर तरकारीले उचित मुल्य नपाएको भने सत्य हो, यसमा सरकारले सोचेर योजना बनाउनुपर्छ ।”
तरकारीले उचित मुल्य नपाएपछि किसानहरु चिन्तित
तरकारीले उचित मुल्य नपाएपछि किसानहरु चिन्तित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

