सुर्खेत । कर्णाली प्रदेशका साढे तिन प्रतिशत नागरिक मात्रै शुद्ध खानेपानी पिउने गरेको पाइएको छ ।
कर्णाली प्रदेशको भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्रालयका अनूसार अझै ९६ प्रतिशतभन्दा धेरै नागरिकहरु प्रदुषण भएको पानी पिउन बाध्य भएका हुन । २०७८ को राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा अनुसार कर्णाली प्रदेशको कुल जनसंख्या १६ लाख लाख ९४ हजार ८ सय ८९ रहेको छ । सरकारी तथ्याङ्क अनुसार अधिकांस जनसंख्या शुद्ध खानेपानीको पहुँच बाहिर रहेको छ ।
मन्त्रालय अन्र्तगको जलश्रोत महाशाखाका सिनियर डिजिजन इन्जिनियर गोपाल शर्माका अनुसार कर्णालीमा ८६ प्रतिशत नागरिक आधारभूत खानेपानीको पहुँचमा पुगेको बताउनुभयो ।
प्रदेशमा अझै ६ प्रतिशत जनसंख्या अहिले पनि आधारभूत खानेपानीको पहुँचमा छैन । शर्माले भन्नुभयो, “प्रदेशका धेरै नागरिक खुला पोखरी, खोला, खाल्सा र नदीको दूषित पानी पिउन बाध्य छन् । ७९ वटै स्थानीय तहमा आधारभूतस्तरको खानेपानी सुविधा पु¥याउने लक्ष्य लिएर काम भइरहेको छ ।”
शर्माका अनुसार कर्णाली प्रदेश सरकारले चालु आर्थिक बर्ष २०७९÷०८० मा खानेपानी तथा सरसफाइमा १ अर्ब ४० करोड रुपैयाँ विनियोजन गरेको छ । कर्णालीका १० वटै जिल्लामा परीक्षणको ल्याब स्थापना गरी पानी परीक्षण समेत भइरहेको छ ।
अहिले प्रदेश सरकार तथा स्थानीय तहहरूले खानेपानीका नयाँ आयोजना सञ्चालन गरिरहेको र खानेपानीको समस्या रहेको ठाउँमा आधारभूत सुविधा पु¥याउन कामहरु भइरहेका शर्माले बताउनुभयो ।
सरकारले पन्ध्रौं योजनाको अन्त्यसम्ममा ४० प्रतिशत नागरिक सम्म उच्च तथा मध्यमस्तरको खानेपानी सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ ।
कर्णाली प्रदेशमा अझैपनि ६ प्रतिशत नागरिक खानेपानीको समस्या भोग्दै
कर्णाली प्रदेशमा अझैपनि ६ प्रतिशत नागरिक खानेपानीको समस्या भोग्दै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
