सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दोश्रोपटक संसदबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।
माघ ६ गते पहिलोपटक विश्वासको मत लिँदा ४० मध्ये २५ सांसदको मत लिन सफल भएका मुख्यमन्त्री शर्मा दोश्रो पटक आज विश्वासको मत लिँदा प्रदेश सभाको ९८ प्रतिशत मत प्राप्त गर्नुभएको हो ।
उहालाई सदनमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा एस, र स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन । उहाको विपक्षमा राप्रपाका सांसद सन्तोषी शाहीले मात्रै मत दिनुभएको छ ।
४० सदस्यीय प्रदेश सभा सदस्य रहेको कर्णाली प्रदेश सभामा आज कुल ३९ जनाको सहभागिता रहेको थियो ।
उहाको पक्षमा ३८ मत परेको छ भने उहाको विपक्षमा १ मत मात्र परेको सभामुख नन्दा गुरुङले जानकारी दिनुभयो । संसदको अर्को वैठक चैत १९ गते बस्नेगरी स्थगित भएको छ ।
कर्णालीका मुख्यमन्त्री शर्मालाई दोश्रो पटक विश्वासको मत प्राप्त
कर्णालीका मुख्यमन्त्री शर्मालाई दोश्रो पटक विश्वासको मत प्राप्त
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
