सुर्खेत । कर्णालीका स्थानीय सरकारहरुले बजेट कार्यान्वयनलाई तिव्रता दिएका छन ।
चालु आर्थिक वर्षको २०७९÷०८० आठ महिना पुरा भइसक्दा कर्णालीका स्थानीय तहहरुले विकास निर्माण योजना कार्यान्वयन गर्नतर्फ केन्द्रीत भएका हुन । हालसम्म ६५ प्रतिशत बजेट कार्यान्वयन भइसकेको जनप्रतिनिधिहरु बताउछन । दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका नगर प्रमुख, गणेश कुमार शाहिले असारे विकास नै अविकासको मूल कारण भएको भन्दै असार अगावै योजनाहरु कार्यान्वयन गरिसक्नेगरी काम भइरहेको बताउनुभयो । अहिलेसम्म हामी विकासको काममा असार केन्द्रीत भयौँ । उहाले भन्नुभयो, “बजेट सक्नकै लागि गरिने त्यस्तो कार्य अब बन्द हुनुपर्छ । यसैलाई मध्यनजर गरेर असार अगावै सबै योजना कार्यान्वयन गरिसक्नेगरी काम गरिरहेका छौ ।”
नगरपालिकाबाट विनियोजित दुईसय ८५ योजना मध्य अहिले कार्यान्वयनको अन्तिम चरणमा रहेको जानकारी दिनुभयो ।
चामुण्डाविन्द्राशैनी नगरपालिकाले चालु आर्थिक वर्ष रु ११ करोड बजेट पुजीगत तर्फ विजियोजन गरेको थियो । जस अनूसार बैशाख मसान्त सम्म पालिका स्तरबाट भएका विनियोजित योजनाहरुको भूक्तानी दिइसक्ने कार्यपालिकाको निर्णय छ ।
यस्तै, कालिकोटको पचालझरना गाउँपालिकाले पनि आर्थिक बर्ष २०७९÷०८० को हाल सम्म ७५ प्रतिशत बजेट कार्यान्वयनको चरणमा गएको बताएको छ ।
गाउँपालिका अध्यक्ष्य देवराज शाहीले चालू आर्थिक वर्षको ९ करोड विकासे बजेट रहेको भन्दै घोषित कार्यक्रमहरूको कार्यान्वयन गरी भनाइ र गराइबीचको खाडल पुर्नेगरी काम भएको बताउनुभयो । अब भाषणमात्रै होइन व्यवहारिक रुपमा काम हुनुपर्छ । त्यही नीतिलाई फ्लो गरेर हामीले विकास निर्माणका कामहरु गरिरहेका छौ, उहाले भन्नुभयो ।
सल्यानको बागचौर नगरपालिकाले पनि ५० प्रतिशत बजेट कार्यान्वयन भइसकेको जनाएको छ । अन्य योजना पनि कार्यान्वयनको चरणमा रहेको जनाइएको छ । नगरप्रमुख जनकराज गौतमले भन्नुभयो । “विगतका बर्षहरुमा बजेट कार्यान्वयन समयमै नहुने, असार केन्द्रीत विकास हुँदा विकासका काम समेत गुणस्तरिय नहुने अवस्था थियो । त्यसलाई अन्त्य गर्नुपर्छ भनेर हामीले अहिलेदेखि योजना कार्यान्वन छिट्टै गर्नेगरी काम गरेका छौ । असार महिना त बजेट कार्यान्वयनको महिना होइन, योजनाहरु तयार गर्न छलफल गर्ने महिना होनी ।”
कर्णालीका स्थानीय सरकारः यो बर्षका योजना समयमै कार्यान्वयन गर्ने
कर्णालीका स्थानीय सरकारः यो बर्षका योजना समयमै कार्यान्वयन गर्ने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
