सुर्खेत । यातायात व्यवस्था सेवा कार्यालय सुर्खेतले साढे ३ बर्षमा करिब रु ६५ करोड राजश्व संकलन गरेको छ ।
कर्यालयले आर्थिक बर्ष २०७६÷०७७ देखि चालु आर्थिक बर्षको फागुनसम्म रु ६४ करोड ७२ लाख ७७ हजार २६१ रुपैँयाको राजश्व संकलन गरेको हो । आर्थिक बर्ष २०७६÷०७७ मा रु १० करोड ७३ लाख ३० हजार ६४७ राजश्व संकलन गरेको कार्यालयले ०७७÷०७८ मा झण्डै रु ५ करोड बृद्धि गरेको छ । उक्त आर्थिक बर्षमा १६ करोड ५७ लाख ८६ हजार ७७५ राजश्व संकलन गरेको जनाइएको छ ।
आर्थिक बर्ष २०७७÷०७८ को तुलनामा गत आर्थिक बर्ष २०७८÷०७९ मा कार्यालयले करिब रु ५ करोड राजस्व बृद्धि गरेको छ ।
गत आर्थिक बर्षमा रु २१ करोड ३० लाख ८२ हजार ९४९ रुपैँया राजश्व संकलन गरेको कार्यालयका लेखा अधिकृत रामप्रसाद दाहालले जानकारी दिनुभयो ।
उहाँका अनुसार चालु आर्थिक बर्षको दोस्रो चौमासिक अर्थात फागुनसम्म रु १६ करोड १० लाख ७६ हजार ८९० रुपैयाँ राजश्व संकन भएको छ ।
कार्यालयले रुटपरमिट, चालक अनुमति पत्र, सवारी दर्ता, दण्ड जरिवाना र सवारी साधान कर लगायत शिर्षकबाट राजश्व संकलन गर्दछ । सबै भन्दा बढी सवारी साधन करबाट राजश्व उठ्ने गरेको छ ।
यस्तै यातायात व्यवस्था सेवा कार्यालय सुर्खेतमा साढे २२ हजार बढी सवारी साधान दर्ता भएका छन् ।
कार्यालयको तथ्यांक अनुसार फागुन महिनासम्म २२ हजार ६८४ सवारी साधन दर्ता भएका हुन् ।
दर्ता भएका मध्य सबै भन्दा बढी सवारी साधनमा मोटर साइकल १७ हजार ५४७ रहेका छन् ।
यस्तै तीन पाँङ्ग्रे अटो रिक्साको संख्या २ हजार १५९ रहेको छ । सार्बजनिक बसको संख्या १ हजार ५०८ रहेको छ ।
निजी जीप कारको संख्या ७०२ र सरकारी १८३ छ । यस्तै सार्बजनिक जीपको संख्या ५७१ रहेको लेखा अधिकृत दाहालले जानकारी दिनुभयो ।
यातायात सेवा कार्यालय सुर्खेतद्वारा साढे तीन बर्षमा करिब ६५ करोड राजश्व संकलन
यातायात सेवा कार्यालय सुर्खेतद्वारा साढे तीन बर्षमा करिब ६५ करोड राजश्व संकलन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
