सल्यान । सल्यानमा बेपत्ता भएको २० दिनपछि एक पुरुष मृत फेला परेका छन् ।
शारदा नगरपालिका–७ ओख्रेनीका ३८ वर्षीय भद्रबहादुर विक हराएको २० दिनपछि आज मृत फेला पर्नुभएको हो ।
शारदा नगरपालिका–७ कागेखोलास्थित मसिना सामुदायिक वनको भीरमा सडेगलेको अवस्थामा गाईबाख्रा चराउन जंगल गएका स्थानीयले शव देखेपछि प्रहरीलाई जानकारी गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले बताउनुभयो ।
मृतक विकका छोराले कपडाको आधारमा सनाखत गरेको उहाको भनाइ छ । विक गत चैत १२ गते घरबाट निस्किएपछि बेपत्ता हुनुभएको थियो ।
यता, काम गराएको रकम माग गर्दै सल्यानमा एकजना अनशन बसेका छन् ।
बागचौर नगरपालिका–२ अग्लाटाकुरा भ्यू टावरमा मन्दिरमा मूर्ति निर्माणमा लागेको रकम माग गर्दै स्थानीय रुद्रमधु डिसी अनशनमा बस्नुभएको हो ।
शुक्रबार बेलुका ७ बजेदेखि बागचौरको सहिद गेट नजिकैको चौतारीमा डीसी पहेँलो पोशाकमा अनशन बस्नुभएको हो ।
तत्कालीन सरकारले बजेट छुट्याउने आश्वासन दिएपछि उक्त काम उहाले उधारोमा गरेको र अहिले ऋणमा रहेको डिसीको भनाई छ ।
बागचौर नगरपालिकाले केही बजेट छुट्याए पनि तत्कालीन सरकारले गरेको कामको भुक्तानीका लागि अहिले बजेट अपुग भएपछि पूरा भुक्तानी हुन नसकेको बताएको छ ।
सल्यानमा बेपत्ता भएको २० दिनपछि एक पुरुष मृत फेला
सल्यानमा बेपत्ता भएको २० दिनपछि एक पुरुष मृत फेला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
