सुर्खेत । सुर्खेतको वराहाताल गाउँपालिका वडा नम्बर एकको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिवद्धता जनाइएको छ ।
वराहाताल गाउँपालिकाको आयोजना र पिपल्स एक्सेस नेपालको सहजिहकरणमा सोमबार वडा नम्बर १ श्रीचौरमा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा वडाका जनप्रतिधि र कर्मचारीहरुले आगामी दिनमा सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता गरेका हुन् ।
वडा नम्बर १ मा नागरिक बडापत्र र सुझाव पेटिका तत्काल राख्ने, स्वास्थ्य सेवालाई यस वडामा थप प्रभावकारी गराउने र टोलटोलमा स्टेचरको व्यवस्था गर्ने, शुद्ध खानेपानीको पहुँच पुर्याउने र वडाभर नै रहेको खानेपानी समस्या समाधान गर्ने लिखित प्रतिवद्धता गरिएको छ ।
त्यसैगरी, कार्यालयबाट दिइने सेवालाई नियमित र प्रभावकारी बनाउने, कृषिमा रहेका समस्या समाधान गर्दै कृषकलाई आवश्यक मल, बिऊ र सिंचाई पुर्याउने लिखित प्रतिवद्धतामा उल्लेख गरिएको छ ।
युवाहरु विदेशिने दर बढ्दै गएको भन्दै गाउँमै रोजगारी सिर्जना गर्नेगरी नीति निर्माणको लागि पहल गर्ने लिखित प्रतिवद्धता समेत गरिएको छ । हरेक योजना युवामैत्री बनाउने वडा अध्यक्ष बम बहादुर बडुवालले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागीहरुले स्वास्थ्य क्षेत्र सुधारका लागि योजना तथा कार्यक्रम बनाउनुपर्ने, विकास निर्माणमा गुणस्तरीयता कायम गराउनुपर्ने, खानेपानीको सुविधा सबै ठाउँमा पु¥याउनुपर्ने, लगायतका जिज्ञासा एवं सुझाव राखेका थिए । सहभागीहरुका जिज्ञासाको जवाफ दिँदै वडा नम्बर १ का वडा अध्यक्ष बडुवालले सेवाग्राहीका सुझावलाई ग्रहण गरेर आगामी दिनमा सेवा तथा विकास निर्माणलाई थप व्यवस्थित गर्ने प्रतिबद्धता जनाउनुभयो ।
जनभावना अनुसार आफू अघि बढ्ने प्रतिबद्धता जनाउँदै त्यसका लागि साथ दिन पनि उहाले आग्रह गर्नुभयो ।
वडा सचिव उमेसकेशर खनालले पनि कार्यालयबाट दिइने सेवालाई प्रभावकारी बनाउँदै समृद्ध वडा निर्माणमा सघाउ पुर्याउने बताउनुभयो ।
सार्बजनिक सुनुवाई कार्यक्रममा स्वास्थ्य कार्यालय प्रमुख, प्रहरी चौकी रानिघाट प्रमुख होविन्द रावल लगायत जवाफदेही वक्ताको रुपमा हुनुहुन्थ्यो ।
सेवालाई प्रभावकारी बनाउन ६ बुँदे प्रतिवद्धता
सेवालाई प्रभावकारी बनाउन ६ बुँदे प्रतिवद्धता
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
