कर्णाली प्रदेश सरकारमा सहभागिता जनाउनका लागि नेपाली कांग्रेसले मन्त्रीको नाम टुंगो लगाएको छ ।
कांग्रेस प्रदेश समितिका प्रवक्ता दमन शाहीका अनुसार यसअघि एमालेले सम्हालेका मन्त्रालयमा नै सहभागिता जनाउने गरी तीन मन्त्रीको नाम सिफारिस गरिएको छ ।
उहाका अनुसार सुर्खेत १ (क) बाट निर्वाचित सांसद खड्कबहादुर पोखरेल, जाजरकोट प्रदेशसभा (ख) निर्वाचित बेदराज सिंह र दैलेख–१ (क) बाट निर्वाचित सांसद कृष्ण बिसी मन्त्रीका लागि सिफारिस हुनुभएको हो ।
उहाका अनुसार अर्थ मन्त्रालयमा बेदराज सिंह, सामाजिक विकास मन्त्रीमा खड्ग पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा बिसी सिफारिस हुनुभएको छ । यस्तै मन्त्रालयको सख्या ८ कायम गर्ने विषयमा छलफल भइरहेको बताइएको छ ।
काँग्रेसबाट मन्त्रीका लागि तिनजना सिफरिस
काँग्रेसबाट मन्त्रीका लागि तिनजना सिफरिस
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
