हुम्ला । हुम्लामा खाद्यन्न मौज्दात कम हुँदै गएको छ । समयमै खाद्यान्न ढुवानी नहुँदा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय हुम्लाको गोदाममा मौज्दात कम हुँदै गएको हो ।
चालु आर्थिक वर्षका लागि हवाई तथा पैदलमार्गबाट निर्धारित कोटाको खाद्यान्न ढुवानीको जिम्मा लिएका निजी विमान कम्पनी र पैदलमार्गबाट ढुवानीको जिम्मा पाएका आपूर्तीकर्ताले समयमै खाद्यान्न ढुवानी नगर्दा मौज्दात न्यून भएको हो ।
हुम्ला शाखाका निमित्त कार्यालय प्रमुख नवीन आचार्यले हाल गोदाममा खाद्यान्न मौज्दात न्यून रहेका कारण बिक्री गर्न समस्या भएको बताउनुभयो ।
नेपालगञ्जबाट हवाईमार्ग हुँदै ढुवानी भएर आउनुपर्ने चार हजार क्विन्टल खाद्यान्नमध्ये हालसम्म तीन हजार ५ सय ७९ दशमलव ८० क्विन्टल मात्र ढुवानी भएको छ ।
सुर्खेतबाट छ हजार क्विन्टलमा पाँच हजार १४३ दशमलव ४० क्विन्टल ढुवानी भएको छ । आर्थिक वर्ष सम्पन्न हुन तीन महिना बाँकी रहँदा नेपालगञ्जबाट ४ सय २० दशमलव २० क्विन्टल र सुर्खेतबाट ८ सय ५६ दशमलव ६० क्विन्टल खाद्यान्न ढुवानी हुन बाँकी छ ।
उहाँले निजी विमान कम्पनीले समयमै खाद्यान्न ढुवानीको काम नगर्दा जिल्लामा समस्या भएको बताउनुभयो ।
हुम्लामा खाद्यन्न मौज्दात कम हुँदै
हुम्लामा खाद्यन्न मौज्दात कम हुँदै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

