काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको आर्थिकभार कम गर्न राष्ट्रपतिदेखि वडाध्यक्षसम्मको तलबबाहेकका सबै सुविधा कटौती गर्नुपर्ने बताउनुभएको छ ।
धादिङबेसीमा आयोजित नेपाल वितरक सङ्घको ११ औँ वार्षिक साधारणसभामा उहाँले राष्ट्रपतिदेखि सांसद हुँदै वडाध्यक्षसम्म सबैले अन्य सुविधा कटौती गरेर देशको अप्ठ्यारो फुकाउनेतर्फ लाग्नुपर्ने बताउनु भएको हो ।
यस्तै, उहाँले स्वास्थ्योपचारका नाममा राष्ट्रको ढुकुटीबाट हुने खर्च रोक्न सकेमात्रै पनि देशमा बढ्दै गएको आर्थिकमन्दी कम गर्न सकिने बताउनु भएको छ ।
‘सांसदले तलब पाउँछ, संसद् बैठक बसेको बेला सांसदहरूले बैठकभत्ता पाउँछ । त्यो ठूलो पैसा छैन । तर यो वर्ष अप्ठ्यारो परेको वर्ष भएकाले हामी सांसदले यसरी प्राप्त गरिरहेको सेवा सुविधा कटौती गर्छौँ भनेर लाग्यौँ भने बल्ल देशभित्रको आर्थिक व्यवस्थापन सहज बनाउन सहयोग पुग्नेछ’, उहाँले भन्नुभयो ।
देशको आर्थिक वृद्धिदर खुम्चिएकाले सरकारले अब ल्याउने बजेटमा पनि निर्मम भएर खर्च कटौती गर्न सक्नुपर्ने महामन्त्री थापाले बताउनुभयो ।
राष्ट्रपतिदेखि वडाध्यक्षसम्मको तलबबाहेक सबै सुविधा कटौती गर्नुपर्छः गगन थापा
राष्ट्रपतिदेखि वडाध्यक्षसम्मको तलबबाहेक सबै सुविधा कटौती गर्नुपर्छः गगन थापा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
