सुर्खेत । कर्णाली प्रदेश सरकारले जलवायु परिवर्तन न्युनिकरण गर्न अभियान संचालन गर्ने भएको छ ।
जलवायु परिवर्तनले हरेक क्षेत्रमा असर गरिरहेको भन्दै जलवायु परिवर्तन न्युनिकरण गर्न अभियान चलाउने भएको हो । यो अभियानलाई देशव्यापी बनाउनेगरी कर्णालीबाट प्रमुख मुद्धा बनाउने योजनामा प्रदेश सरकार छ ।
पछिल्लो समय हिमालहरुमा हिउँ पर्न छोडेको, समयमा बर्षा नहुने र त्यसको असर कृषि, खाद्य लगायतका क्षेत्रमा परेर मानव अस्थित्वमा नै चुनौती थपिन थालेकाले आगामी आर्थिक बर्षको नीति कार्यक्रम र बजेटमा नै जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्नेगरी योजना निर्माण गर्ने प्रदेश सरकारको तयारी छ ।
प्रदेशको उद्योग, प्रर्यटन, वन तथा वातावरण मन्त्री कृष्ण कुमार विसीले जलवायु परिवर्तनको असर न्युनिकरणका गर्न प्रदेशभर नै अभियान संचालन गरिने बताउनुभयो ।
त्यसका लागि विभिन्न विज्ञहरुसँग छलफल गरेर योजना निर्माण गरिने मन्त्री विसीले जानकारी दिनुभयो । उहाले भन्नुभयो, “अहिले विश्वले नै भोगिरहेको जलवायु परिवर्तनको असरसँग हामी पनि प्रभावित छौँ । यससँग रहेर पनि काम गर्नुपर्ने छ, हाम्रा हिमालहरुमा हिउँ पन छोड्यो, पानीका मुहानहरु सुक्न थाले, जलचरहरु संकटमा छन् । त्यसैले यस विषयमा पनि विाज्ञहरुसँग बसेर छलफल थालिएको छ । आगामी नीति कार्यक्रममा यसलाई जोड दिइने छ ।”
जलवायु परिवर्तनका कारण विश्व नै ठुलो समस्यामा पर्दै गएको भन्दै मन्त्री विसीले भन्नुभयो, “जलवायु परिवर्तनको असर एउटा ठुलो समस्या बनिरहेको छ । यसलाई हामीले नजर अन्दाज गरेर अगाडी बढ्न सकेनौँ भने ठुलो क्षती भोग्छौँ । त्यसैले यो मुद्दालाई हामीले साझा बनाएर अगाडी बढाउनुपर्छ, त्यसको सुरुवात कर्णालीबाट अभियानकै रुपमा गर्छौ ।”
सरकारले ठुलो संख्यामा वन पैदावरबाट हरित रोजगारी सिर्जना गर्ने योजना बनाएको छ । त्यसको कार्यान्वयन भने शुरु भइसकेको छैन ।
कर्णाली सरकारले जलवायु परिवर्तनको असर न्युनिकरण गर्न अभियान चलाउने
कर्णाली सरकारले जलवायु परिवर्तनको असर न्युनिकरण गर्न अभियान चलाउने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
