सुर्खेत । कर्णाली प्रदेशमा शिक्षण सिकाई उपलब्धी अन्य प्रदेशको तुलनामा कमजोर देखिएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शैक्षिक गुणस्तर परिक्षण केन्द्रले शनिबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गरेको शिक्षाको अवस्था विषयक कार्यक्रममा यस्तो तथ्याङ्क सार्बजनिक गरिएको हो ।
सार्बजनिक तथ्याङ्कमा कर्णाली, सुदुरपश्चिम र मधेश प्रदेश राष्ट्रिय औषद सिकाई उपलब्धीभन्दा तल रहेको शैक्षिक गुणस्तर केन्द्रले जनाएको छ ।
कर्णालीमा जम्मा १३ प्रतिशत विद्यार्थीहरुको मात्रै सिकाई उपलब्धी राम्रो रहेको प्रतिवेदनमा उल्लेख छ । पाठ्यक्रम सहज भएपनि सिकाई उपलब्धी कमजोर देखिएको महानिर्देशक चन्द्रकान्त भुसालले बताउनुभयो ।
कक्षा ३, ५ र ८ विद्यार्थीहरुमा गरिएको अध्ययनमा समग्र कर्णाली प्रदेशका ८७ प्रतिशत विद्यार्थीको सिकाई उपलब्धी कमजोर देखिएको हो । अग्रेजी, गणित र विज्ञानमा सिकाई उपलब्धी खस्कदो रहेको प्रस्तुत प्रतिवेदनमा जनाइएको छ ।
सन २०१७ भन्दा सन २०२० मा सिकाई उपलब्धी देशभर नै घटेको केन्द्रको तथ्याङ्कमा छ
जसअन्तरगत २०१७ मा गणित विषयमा ४६ प्रतिशत बालबालिमा सिकाई उपलब्धी भएकोमा २०२० मा आउँदा ३२ प्रतिशत मात्रै बालबालिकामा सिकाई उपलब्धी देखिएको छ ।
त्यसैगरी विज्ञान विषयमा ४४ प्रतिशत रहेको सिकाई उपलब्धी तिन बर्षपछि अर्थात २०२० मा आउँदा ३८ प्रतिशत मात्रै बालबालिकाले पाठ्यक्रमअनुसार सिकाई हासिल गरेका छन । नेपाली विषयमा समेत बालबालिकाहरुको सिकाई कमजोर भएको तथ्याङ्कमा उल्लेख छ । जसअनुसार २०१७ मा ६९ प्रतिशत बालबालिकाले पाठ्यक्रमअनुसार सिकाई गरेका थिए भने २०२० मा ५९ प्रतिशतले मात्रै सिकाई हासिल गरेका छन ।
सिकाउने र विकाउनेगरी विद्यार्थी उत्पादन गरौँः सरोकारवाला
कार्यक्रममा सहभागी शिक्षासँग सरोकार राख्ने व्यक्तीहरुले शिक्षामा रहेका समस्या हटाउन र गुणस्तरिय शिक्षा कायम गर्न सबैले हातेमालो गर्नुपर्नेमा जोड दिएका छन ।
अमरज्योती मावी नेवारे सुर्खेतका प्रधानाध्यापक खगेन्द्र थापाले कर्णालीमा शिक्षाको अवस्थामा सुधार हुन नसक्नुको पहिलो कारण विद्यार्थीअनुसारको दरबन्दी नहुनु र विद्यालयका भौतिक संरचनाहरु नहुनु रहेको बताउनुभयो ।
श्रीकृष्ण संस्कृत तथा साधरण मावी वीरेन्द्रनगरका शिक्षक लोक बहादुर खत्रीले नीति निर्माण तहमा बसेका व्यक्तीहरुले नीतिमा सुधार ल्याउन सके मात्रै शैक्षिक गुणस्तर तथा शिक्षण सिकाई हासिल गर्न सकिने बताउनुभयो ।
जन मावी सुर्खेतका प्रधानाध्यापक याम बहादुर श्रेष्ठले आफ्नो विद्यालयमा विद्यार्थीको चाप बढ्दो रहेको भन्दै त्यस अनुसारको दरबन्दी सरकारले दिन नसकेको गुनासो गर्नुभयो ।
यता, कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव सन्त बहादुर सुनारले अबको दुई बर्षभित्र शिक्षामा सुधार हुनेगरी काम हुने प्रतिवद्धता जनाउनुभयो । उहाले भन्नुभयो, “आज शिक्षामा सुधार गर्ने जुन बहस भइरहेको छ, त्यो आगामी दुई बर्षभित्र सुधारका संकेतहरु देख्न पाइन्छ ।”
यस्तै, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले आफ्नो आफ्नो क्षेत्रबाट सुधार गर्न सके शिक्षामा सुधार हुने बताउनुभयो ।
उहाले संघिय शिक्षा ऐन तयारी भएको र अब पारित हुने भन्दै त्यसपछि शिक्षालाई सवल बनाउनेगरी योजना बनाउन सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाले भन्नुभयो, “अहिलेसम्म तिन तहका सरकारबिचमा देखिएका ग्यावहरु अब छिट्टै अन्त्य हुन्छ, हामीले संघिय शिक्षा ऐन तयार पारिसकेका छौँ । प्रधानमन्त्रीले पनि चाँडै पारित गर्ने वचन दिनुभएको छ ।”
विज्ञहरुको रायका अधारमा नीति बनाउछौँः मन्त्री पोख्रेल
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्क बहादुर पोख्रेलले शिक्षामा रहेका समस्या समाधानको लागि विज्ञहरुसँग छलफल थालिएको बताउनुभएको छ ।
उहाले कर्णालीको शिक्षामा रहेका समस्या समाधान गर्नेगरी विज्ञहरुको सुझावको अधारमा प्रदेश सरकारले नीति तयार गर्ने बताउनुभयो ।
उहाले भन्नुभयो, “कर्णालीका १० वटै जिल्लामा रहेका विद्यालयहरुको भौतिक संरचनासँगै विद्यार्थीका अधारमा दरबन्दी निर्धारण कसरी गर्ने र समग्र शिक्षामा सुधार ल्याउने सन्दर्भमा हामीले शिक्षासँग सम्बिन्धित विज्ञहरुसँग छलफल गरिरहेका छौँ । उहाहरुको रायका अधारमा नीति निर्माण गरी यी सबै समस्या हल गर्छौ र शिक्षण सिकाई पनि उपलब्धीमुलक बनाउँछौँ ।”
कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरुले पनि आफ्नो धाराणा राखेका थिए ।
कर्णालीमा शिक्षण सिकाई उपलब्धी अन्य प्रदेशको तुलनामा कमजोर
कर्णालीमा शिक्षण सिकाई उपलब्धी अन्य प्रदेशको तुलनामा कमजोर
"नीति निर्माण गर्दै प्रदेश सरकार "
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
